संखुवासभामा असिनापानीसँगै हावाहुरी, दुई दर्जन बढी घरमा क्षति

काठमाडौँ । संखुवासभामा सोमबार दिउँसो पानीसँगै आएको हावाहुरीका कारण लाखौँको क्षति भएको छ।

हावा हुरीका कारण खाँदवारी नगरपालीका क्षेत्रका करिब दुई दर्जन बढि घर टहरामा क्षति पुगेको छ। सोमवार दिउँसो करिब ३ बजेतिर अचानक असिना पानीसँगै आएको हावाहुरीका कारण मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।

मानविय क्षति नभएपनि भौतिक क्षति गराएको छ। हावा हुरीले दर्जनौ रुख विरुवा ढलेका छन् भने दजनौँ घरमा क्षति पुर्याएको छ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology