शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सकियो

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६



  • ७ जेठ, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थल निर्माणको सबैभन्दा महत्वपूर्ण र मूख्य काम धावनमार्ग निर्माण सकिएको हो । यहाँ ३ हजार मिटर लामो धावनमार्ग बनाइएको छ ।

    यस क्षमताको धावनमार्गमा अहिले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भइरहेकै क्षमताका जहाज उडान–अवतरण गर्न सक्छन् । ‘हामीले राष्ट्रिय गौरवको आयोजना भैरहवाको मूख्य काम सम्पन्न गरेका छौं,’ अधिकारीले भने, ‘अब बाँकी रहेका अन्य कामले पनि गति लिन्छ ।’ यस विमानस्थलमा एसियाली विकास बैंकले लगानी गरेको छ । राष्ट्रिय गौरवका आयोजनामध्ये अहिले गौतमबुद्ध र पोखरा विमानस्थलको कामले राम्रो गति लिएका छन् ।

    प्राधिकरणका अनुसार धावनमार्ग निर्माण सम्पन्न भएसँगै तत्कालका लागि अब आकस्मिक उडान–अवतरणका लागि त्रिभुवन विमानस्थलको विकल्प समेत तयार भएको छ । आयोजनाअन्तर्गत अहिले रहेको पुरानो विमानस्थलको धावनमार्गलाई ट्याक्सी वे बनाउने उद्देश्य छ । सन् २०१९ भित्रै यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान थाल्ने योजना सरकारको छ ।

    विमानस्थलअन्तर्गत धावनमार्ग सकिए पनि टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्याङ्की तथा अन्य आवश्यक पूर्वाधार निर्माणको काम भने जारी रहेको प्राधिकरणको भनाइ छ ।

    यो आयोजना ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ लगानीमा कार्यानवयन भइहरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार यो विमानस्थल ‘फोर इ’ स्तरको विमानस्थल हो । वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित निर्माण भइरहेको यो विमानस्थल निर्माणको जिम्मा चीनको नर्थवेस्ट सिभिल एभिएसनले पाएको छ । यो विमानस्थल डिसेम्बर २०१७ मै सक्ने लक्ष्य भए पनि विभिन्न अवरोधनका कारण जुन २०१९ सम्म सक्नुपर्ने लक्ष्य तोकिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology