आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आठौँ खेलकुदका पदकधारी सम्मानित

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६



  • ७ जेठ, काठमाडौं । नेपाल पुलिसले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आफ्ना खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ ।

    प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार भएको कार्यक्रममा प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

    वैशाख ११ गतेसम्म प्रदेश पाँचामा सम्पन्न भएको प्रतियोगितामा पुलिसले ५९ स्वर्ण, ५० रजत र ४५ कास्य गरी जम्मा १ सय ५४ पदक प्राप्त गरेको थियो । पुलिसले दोस्रो स्थान ओगटेको थियो ।

    स्वर्ण पदक विजेतालाई ५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ३ हजार रुपैयाँ र कास्य पदक विजेतालाई २ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, राष्ट्रिय किर्तिमान राख्न सफल १५ जना खेलाडीहरूलाई जनहि थप नगद ३ हजार रुपैयाँ प्रदान गरेको छ ।

    प्रतियोगितामा २ हजार ६ सय ८८ पदको लागि नेपाल पुलिसले २४ खेलमा २ सय १७ पुरुष, १ सय ५२ महिला र ८७ जना अफिसियल गरी कूल ४ सय ५६ जनाले सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij