आज कुन राशिका लागि शुभ, कुनका लागि अशुभ छ ? हेर्नुहोस् राशिफल

आज मिति २०७६ साल जेठ ८ गते। तदनुसार इश्वी सन् २०१९ मे २२ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु । नेपाल संवत् ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, चतुर्थी तिथि बुधबार ।

मेषः आफ्नै कुरामा केन्द्रित हुनुहोला,बाह्य कुरामा बढि चासो नदिनु होला घाटा हुनेछ । समस्याहरु विस्तारै समाधान हुनेछन् । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । छोटो दुरिको यात्राको सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी भने नबढाउनु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ ।

वृषः लगानी नबढाउनु होला,सयम प्रतिकुल देखिन्छ । काम गर्ने वातावरण विग्रिनेछ । आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झमेलामा परिनछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विश्वास गरेकाले धोका दिनसक्छन् । आशाहरु निरासामा परिणत हुनेछन् ।

मिथुनः दिन सामान्य अनुकुल देखिन्छ । दायावायाँ नलागि समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । जीवन साथीको सहयोग पाईनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

कर्कटः इच्छाशक्ति तिव्र रुपमा अगाडि बढाएर संघर्षबाट विचलित नभई काम गर्नु होला अन्तिम परिणामले सुखी बनाउनेछ । बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गोपनियता अप्नाउन नभुल्नु होला ।

सिंहः दुविधामा परि समयमा निर्णय लिन सकिएन भने आएको अवसर गुम्न सक्छ । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर परेर काम नगर्नु होला । पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ । खर्चलाई नियन्त्रण गरेर काम गर्नु होला । भ्रमको खेति हुनसक्छ सतर्क हुनुहोला ।

कन्याः दिन प्रतिकुल देखिन्छ । अनुकुल बातावरणमा काम गर्न पाईने छैन । सम्भावना क्षीण भएर जानेछन् । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापारबाट आम्दानी घट्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि होलान् । आरोप लाग्न सक्छ ।

तुलाः दिन अनुकुल देखिन्छ । आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । आफ्नो काममा अरुको मुख ताक्नु पर्ने छैन । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ ।  आफुलाई ज्ञान नभएका क्षेत्रमा लगानी नबढाउनु होला । ईष्टमित्रको सहयोग मिल्नेछ ।

वृश्चिकः दिन मध्यम खालको छ,सफलता असफलता तपाई आफ्नै हातमा रहनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ ।

धनुः हेलचक्र्याई नगर्नु होला,समग्रमा दिन अनुकुल देखिन्छ । विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । सभा सम्मेलनमा भाग लिन पाईनेछ ।

मकरः दिन प्रतिकुल रहेकोछ नयाँ काममा लगानी नबढाउनु होला । अरुलाई झट्ट विश्वास नगर्नु होला धोका हुनेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

कुम्भः दिन अनुकुल देखिन्छ समयको सदुपयोग गर्न पछि नपर्नु होला पछि समयले साथ दिने छैन । हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधी कमजोर हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । सहयोग सामान्य खालको मिल्नेछ । आर्थिक कारोवारमा भने सतर्क रहनुहोला ।

मिनः गोपनियता अप्नाई कुटनैतिक विधि प्रयोग गरेर काम गर्नु होला तव लक्ष्यमा पुगिनेछ । गरेका काम अरुका लागि उदाहरणीय हुन सक्छन् । आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । रोकिएका काम धेरै जसो फस्र्योट हुनेछन् ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology