शुक्रबार, अशोज ३, २०७६ | Friday 20th September 2019

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, १ घाइते

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ८, २०७६



  • भोजपुर । भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ। गोली लागेर एक जना विप्लव समूहका कार्यकर्ता घाइते भएका छन्।

    भोजपुरको ट्याम्के मैयुम गाँउपालिका १ स्थित मैयुमडाँडा मुनिको धोद्रे जंगलमा प्रहरीको गोली लागेर घाइते भएका विप्लव कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

    घाइते भोजपुर षडानन्द नगरपालिका २ का ३२ वर्षका तीर्थराज घिमिरेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

    घिमिरेको खुट्टामा गोली लागेको जनाइएकाे छ। उनको साथबाट एक थान कटुवा पेस्तोल, पेस्तोलको गोली थान ५, लामो बाइनाकुलर १ थान, डेटोनेटर ४ थान, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद भएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    घाँटी थिची नर्सको हत्या, शवको नग्न फोटो खिचेपछि शवसँगै यौन सम्पर्क
    सरकारले नेपाल प्रहरीलाई पार्टी कार्यकर्ता बनायो : देउवा
    फिफा वरियतामा नेपालको ५ स्थान सुधार, १६१औँ स्थानमा उक्लियो
    यसै हप्ता जापान र दक्षिण कोरियाबी कूटनीतिक वार्ता हुने
    ४० करोडको लागतमा बन्दै प्रधानमन्त्री निवास
    पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ
    अफगानिस्तानको कलातमा कारबम हमलामा परी १० जनाको ज्यान गयो
    बाथरुममा ६दिनसम्म थुनिइन् यी महिला, यस्तो अवस्थामा गरियो उद्दार
    ५ हजार घुससहित प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त पक्राउ
    डेढ वर्षमा सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन सकेन : देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology