प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६
आज मिति २०७६ जेठ ९ गते तदनुसार सन् २०१९ मे २३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ज्येष्ठ कृष्णपक्ष । पञ्चमी तिथि बिहीबार ।
मेषः समयको गति सगै काममा सुधार आउनेछ । भाग्यले कम साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । बहिर्मुखबाट अन्तर्मुखि काम हुनेछनेछन् । अवरोध गर्नेहरु विस्तारै अस्ताउने छन् । विशेष गरेर अपरान्ह देखि समयले दिनेछ । नयाँ नयाँ अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । व्यापारमा उधारो कारोवार नगर्नु होला ।
वृषः दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । समस्याबाट मुक्ति मिल्ने छैन । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अपरान्हबाट समय सामान्यकरण हुदै जाने देखिन्छ । धार्मिक कार्यमा सरिक हुने अवस्था आउन सक्छ । मानसिक तनावमा कमि आउनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।
मिथुनः पूर्वान्ह जति अपरान्ह अनुकुल हुने छैन । समयमा गरेका कामबाट धेर थोर लाभ हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । अपरान्हबाट समय प्रतिकुल हुनेछ । तपाईको स्वास्थ्य कमजोर बन्नेछ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ । चिन्ता थपिनेछ ।
कर्कटः थोरै प्रयत्न गरेमा पुराना समस्याको टुङ्गो लाग्न सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । अपरान्हबाट काममा सहजीकरण हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ ।
सिंहः पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काम गर्ने सहज वातावरण देखिन्न । संघर्ष गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । रिस,डाहा गर्नेको संख्या बढ्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । साँझपखको समय बढि तनाव पूर्ण हुनसक्छ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।
कन्याः समस्याको भुमरीबाट पार पाउने देखिन्न । सहज बातावरणमा काम गर्न पाईने छैन । भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने उपलब्धिका अवसरहरु गुम्नेछन् । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ । सहयोगी हात कर्म फेला पर्ने छन् ।
तुलाः आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । समयमा गरेका काममा पूर्ण सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । राती समान चोरी हुनसक्छ ।
वृश्चिकः दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । आफनै प्रयासमा नयाँ काम हात पार्न सकिनेछ । आर्थिक समस्या समाधान भएर जाने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर मिल्नेछ । विदेशको चाहाना बढ्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ ।
धनुः काम गर्नको लागि पूर्वान्ह जति सजिलो अपरान्ह हुने छैन । समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । आर्थिक कारोवारमा थोरै सावधानी अप्नाउनु होला । साँझपख खर्च बढ्न सकछ । आफ्नै कुराले आफैलाई अप्ठ्यारो पर्न सक्छ । नजिकका मानिसबाट विश्वास घात हुने खतरा रहनेछ । व्यापारमा गिरावट आउनेछ ।
मकरः अधिकाँश समय अनुकुल देखिदैन । कमाउने भन्दा गुमाउने बढि हुनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन । आफन्तबाट झुट्टा आश्वासन मिल्नेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ ।
कुम्भः समयको सदुपयोग गर्नु होला । समयमा गरेका अधिकाँश काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । अपरान्ह देखि समय विस्तारै प्रतिकुल हुनेछ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । अनावस्यक चिन्ता बढ्नेछ । राती धन सम्पति चोरी हुनसक्छ । गलत विचार बढ्नेछ ।
मिनः समग्रमा दिन अनुकुल देखिन्छ । कार्य क्षमता घट्ने छैन । आम्दानीका हिसावले दिन उत्तम रहेको छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । थोरै प्रयत्न गरेमा पुराना समस्या सल्टिने छन् । खुट्टो तान्न खोज्ने आफै तन्किने छन् । सहयोगी हात भेटिने छन् । भाग्यले साथ दिनेछ । एजेन्सिका कामबाट बढि लाभान्वित हुनुहुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij