प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६
पाँचथर । पाँचथर र कमवानपुरमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ। बुधबार पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा चट्याङ लागेर ७५ वर्षीया सावित्रादेवी भण्डारीको ज्यान गएको हो।
त्यस्तैगरी गरी मकवानपुरको कैलाश गाउँपालिका– २ बैकुण्ठमा बुधबार राति हावा हुरीसँगै परेको चट्याङ लागेर बैकुण्ठकी ६५ वर्षीया साइलीमाया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यस्तै चट्याङ लागेर यही ठाउँका ३९ वर्षीय विनामायाँ मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएका छन्। उनीहरुको डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij