मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘गलत नियतका व्यक्ति प्रहरी सङ्गठनमा अटाउँदैनन्’

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ९, २०७६



  • काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकले महसुस गर्ने गरी कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतका प्रहरी कर्मचारीलाई आज यहाँ सम्बोधन गर्दै उनले सङ्गठनको उद्देश्यअनुसार राजधानीको सुरक्षा व्यवस्थालाई नमूना बनाउने गरी अपराध नियन्त्रणमा सक्रिय हुन आग्रह गरे।

    समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकसँग समन्वय गरेर काम गर्नुपर्नेमा महानिरीक्षक खनालले जोड दिए । उनले कानून कार्यान्वयनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । सङ्गठनमा आँच आउने कार्य गर्न कसैलाई छुट नभएको खनालको भनाइ थियो । उनले भने, “गलत नियत भएकालाई कुनै छुट छैन, त्यस्ता व्यक्ति प्रहरी सङ्गठनमा अटाउन सक्दैनन् ।” उनले विशिष्ट व्यक्तिको सुरक्षा, सडक सुरक्षा र नागरिकसँग प्रत्यक्ष सहकार्य गर्ने प्रहरीको बोली, व्यवहार र क्रियाकलाप सरल तथा स्वच्छ हुनुपर्ने बताए ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई पक्राउ गरी कानूनी दायरामा ल्याइने बताए । छ महीनाको अवधिमा मादक पदार्थ सेवन नियन्त्रण र लागूऔषध बरामदमा उल्लेख्य सफलता प्राप्त भएको जानकारी दिए । उनले बेरुजु फछ्र्योटमा प्रहरी सफल भएको र आपराधिक गतिविधि नियन्त्रणमा सफलता प्राप्त भएको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij