प्रकाशित मिति : शुक्रबार, जेष्ठ १०, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटिमण्डपमा पालिका समितिको बैठक शुक्रबार सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अन्तर्गत काठमाडौं महानगरपालिका समितिको आयोजनामा उक्त बैठक सम्पन्न भएको हो।
सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले समाजको शान्ति सुरक्षा कायम राख्न समुदायका सबै सदस्यहरुको समन्वय आवश्यक रहेको बताउँदै अपराध पत्ता लगाउनु भन्दा अपराध हुन नदिनतर्फ सबै समुदाय सक्रिय रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिए।
कार्यक्रममा पूर्व अतिरिक्त महानिरीक्षक विज्ञान राज शर्माले समुदाय–प्रहरी साझेदारी अवधारणको महत्व माथि मन्तव्य व्यक्त गर्दै यसलाई अझ प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिए।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले छोटो समय अवधिमा समुदाय–प्रहरी साझेदारी अवधारण अन्तर्गत विभिन्न कार्यक्रम संचालन गरिएको जनाकारी दिँदै सामाजिक विकृति, विसंगति र दुरूपयोगलाई निरुत्साहित पार्न सबै संघ सस्थासँग सहकार्य गर्दै आगाडि बढ्ने बताए।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बैठकको एजेण्डाबारेमा प्रस्तुतीकरण गरका थिए।
पालिकामा सम्बद्ध पदाधिकारीको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा समुदाय–प्रहरी साझेदारी अन्तर्गत भइरहेका कार्यक्रमहरु, प्राप्त सफलता तथा रणनीति लगायतका बिषयमा छलफल गरिएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij