प्रकाशित मिति : शनिबार, जेष्ठ ११, २०७६
काठमाण्डौ,
काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका ८ पशुपति कैलाश डाँडाबाट जेठ
९ गते राति एपीएफ टोलीले करीब दुई के.जी.गाँजा सहित एक जनालाई पक्राउ
गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको बस्तीपुर घर भई हाल काठमाडौंको धापसी
बस्ने २० वर्षीय आयुष घिमिरे छन ।
सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा बेश पशुपतिबाट खटिएको एपीएफ
टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेपछि
पक्राउ गरिएको हो ।
एपीएफ टोलीले निज घिमिरेलाई बरामद गाँजा सहित आवश्यक कारवाहीको लागि
स्थानीय प्रहरीलाई बुझाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij