मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उपत्यकाबाट २३ मेट्रिक टन फोहोर निकालियो

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ११, २०७६



  • काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।

    वाग्मती सफाइ महाअभियानको ३१५औँ हप्तामा बानेश्वर क्याम्पस अघिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत १९ संस्थाका स्वयंसेवीको सक्रियता थियो । यस्तै आलोकनगर सफाइको १११ हप्ताको समूहसमेत वाग्मती सफाइमा सहभागी भएको जनाइएको छ ।

    वाग्मतीको तिलगंगा क्षेत्रको २१६औँ हप्ताको सफाइ पनि शनिबार बानेश्वर क्याम्सअघिको क्षेत्रमै गरियो । सफाइमा महानगरपालिका–८ तिलगंगा महिला समूह र आदर्श सेवा नव जीवन केन्द्रको पनि सक्रियतामा थियो । यसैगरी गुह्येश्वरी माथिको वाग्मती सफाइको २७७ हप्तामा गोठाटार पुलमुनिको नदी किनारमा सफाइ गरियो । यस क्षेत्रको सफाइ कार्यक्रमबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

    रुद्रमती सफाइ अभियानको २६९औँ हप्तामा रातोपुल–सेतोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की सहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो । यसैगरी सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १२५ औँ हप्ताको सफाइ गरियो ।

    यस्तै मनोहरा नदी सफाइको ११४औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । चक्रपथ सफाइ अभियानको १११औँ हप्तामा माछा पोखरीबाट गङ्गाहलसम्मको क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । यस्तै आलोकनगर सफाइको १११औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

    महिला अभियानकर्मीको बाहुल्यता रहेको सफाइ अभियानले एकै स्थानबाट एक ट्रकभन्दा बढी गाँजा उखेलेको छ । चक्रपथ वाफल खण्ड सफाइको ९३औँ हप्तामा बुद्धपार्कबाट सानो भर्याङसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्वमन्त्री विक्रमबहादुर थापा पनि सहभागी थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij