मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जीवन र जवानी सधैं रहँदैनन्, यी ६ चीजलाई रोक्ने कोशिश नगर्नुस्

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६



  • काठमाडौं। शुक्राचार्य ज्ञानी ऋषि हुनुका साथै राम्रा नीतिकार पनि थिए। उनले कयौं शास्त्रको रचना पनि गरेका छन्। शुक्राचार्यको नीतिले धेरै महत्व राख्छ। शुक्राचार्य महर्षि भृगुका पुत्र थिए। उनलाई दैत्य गुरु पनि भनिन्छ। शुक्राचार्यले नै दैत्यलाई ज्ञान र तपको मार्ग देखाएका हुन्। सही र गलतको जानकारी दिने उनको काम थियो। शुक्राचार्यले बनाएको नीति आज पनि उत्तिकै सान्र्दभिक छ।

    शुक्राचार्यले आफ्नो एक नीतिमा ६ चिजका विषयमा बताएका छन्। जसलाई आफ्नो अबमा राख्ने कोशिस नै संभव हुँदैन। उनका अनसार धर्मको मार्गमा हिँड्दै त्यसको उपयोग गर्नु राम्रो हुन्छ।

    यौवनं जीवितं चित्तं छाया लक्ष्मीश्च स्वामिता।
    चंचलानि षडेतानि ज्ञात्वा धर्मतरो भवेत्।।

    अर्थात, यौवन, जीवन, मन छायाँ, लक्ष्मी र सत्ता यी ६ चीज धेरै चंचल हुन्छन्। यसलाई बुझेर धार्मिक काममा लागिरहनुपर्छ।
    जवानी
    सबैलाई आफू सधैं सुन्दर, जवान र आकर्षक बनी राखुँ भन्ने चाहना हुन्छ। कसैलाई पनि बुढो हुन मन लाग्दैन। तर त्यस्तो संभव हुँदैन। यो प्रकृतिको नियम हो, एक समयपछि सबैलाई युवावस्थाले उसको साथ छोड्छ। अब सधैं युवा भइराख्न मनुष्यले जति कोशिश गरेपनि संभव हुँदैन।

    जीवन
    जन्म र मृत्यु मनुष्य जीवनको अभिन्न अंग हो। जसको जन्म भयो उसको मृत्यु निश्चित छ। कुनै पनि मनुष्यले चाहे जतिसुकै पूजा पाठा गरेपनि वा औषधिको सहारा लिएपनि निश्चित समयपछि उनको मृत्यु हुन्छ।
    मन
    मन निकै चंचल हुन्छ। कयौं मानिस मनलाई आफ्नो नियन्त्रणमा राख्न कोशिश गर्छन। तर कुनै न कुनै बेला उनीहरुको मन अनियन्त्रित भइहाल्छ। र उसले यस्तो काम गराउँछ, जुन काम गर्नु हुँदैन थियो।
    छायाँ
    मनुष्यको छायाँले उसका साथ त्यतिबेलासम्म दिन्छ, जतिबेला उ घाममा हिँड्छ। अन्धकार भएपछि छायाँले पनि मनुष्यको साथ छोड्छ।

    लक्ष्मी
    मन जस्तै धनको स्वाभाव पनि निकै चंचल हुन्छ। धन सधैं भरी एक ठाउँमा वा कुनै व्यक्तिसँग मात्र टिक्दैन। त्यसकारण धनसँग मोहित हुनु ठिक हुँदैन।
    सत्ता
    धेरै मानिसलाई शक्ति अर्थात सत्ता पाउने शोक हुन्छ। आफूलाई प्राप्त पद र अधिकार जीवनभर प्राप्त भइरहोस भन्ने मानिसको चाहना हुन्छ। तर त्यस्तो संभव हुँदैन। जसरी परिवर्तन प्रकृतिको नियम हो त्यसैगरी पद र अधिकार पनि परिवर्तन भइरहन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij