प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६
काठमाडौं । डडेल्धुरा र गोर्खामा आइतबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
डडेल्धुराको अमरगढी नगरपालिका ७ जिरोप्वाइन्टस्थित सडकमा अनटेस्ट लेखेको ट्याक्टरमा चढ्ने क्रममा खसेर नवदुर्गा १ बस्ने ६० वर्षीय कोलाल बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गोर्खाको आरुघाट गाउँपालिका ९ आरुघाट बजारस्थित सडकमा बा ३ ख २५८३ नम्बरको गाडीबाट सामान झार्ने क्रममा लडेर गम्भीर घाइते भएका सोही गाडीमा काम गर्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका २ घर भएका ५० वर्षीय विष्णु श्रेष्ठको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचारको क्रममा मृत्यु भएको छ।
गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij