आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोपा फाइनल हारेपछि बार्सिलोनाका प्रशिक्षक भालभर्देको यस्तो प्रतिक्रिया

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १३, २०७६



  • काठमाडौं। बार्सिलोनाका कोच अर्नेस्टो भालभर्दैले शनिबार राती भ्यालेन्सियासँग कोपा डेल रेको फाइनल हारेपछि पनि आफू बार्सिलोनाको भाग्य बदल्न दृढ रहेको बताएका छन् । एनफिल्डमा च्याम्पियन्स लिगको सेमिफाइलमा लिभरपुलसँग हारेपछि अप्ठ्यारोमा परेका भालभर्दे शनिबारको हारपछि झनै आलोचित छन् ।

    यद्यपि भालभर्दै क्याम्प नोउ छाड्ने सोचमा छैनन् । ‘कोचहरुले सधैं भइरहेका घटनाहरुलाई फरक तरिकाले घुमाउन चाहन्छन्’ उनले भने ‘यदि तपाइँ मलाई क्वाटरफाइनलमा हार्ने वा फाइनलमा हार्ने भनेर विकल्प दिुहुन्छ भने म फाइनल रोज्छु । यदि मलाई च्याम्पियनस लिगको क्वाटर फाइनल र सेमिफाइनलमा एक रोज्न भनिएको भए मैले सेमिफाइनल भन्थें ।’

    खेलमा भ्यालेन्सिया हावी थिएनन् तर उनीहरुले पाएका सबै अवसरको सदुपयोग गरेको भालभर्देको बुझाइ छ । ‘उनीहरु काउन्टर एट्याकमा धेरै राम्रा थिए र उनीहरु धेरै प्रभावकारी थिए’ भालभर्देले भने ‘हामीले धेरैजसो उनहिरुको क्षेत्रमा खेल्यौं र उनीहरुको डीबक्स आसपास रह्यौं तर हामीले यसलाई फिनिसिङ गर्न सकेनौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij