प्रकाशित मिति : सोमवार, जेष्ठ १३, २०७६
एजेन्सी । अर्जेन्टिनाका पूर्व फरवार्ड मारियो किम्पेसले बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी स्वार्थी खेलाडी भएको बताएका छन् । भ्यालेन्सियाका पूर्व स्टार किम्पेसले युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोको तुलनामा मेस्सी अहिले धेरै स्वार्थी बनेको दाबी गरेका छन् ।
स्पेनिस एक अनलाइनसंग कुरा गर्दै विश्वकप विजेता किम्पेसले पछिल्लो समय मेस्सीले आफ्नो लागि मात्र खेलिरहेको तर रोनाल्डोले टिमका लागि खेल्ने गरेको बताए । ‘मेस्सी भनेको मेस्सी हो । मेस्सी नै बार्सिलोना हो । तिमी के गर्छौ वा गर्दैनौ त्यो प्रमुख कुरा हो । जब मेस्सी मैदानमा हुन्छ । मेस्सीले हामीलाई अचम्मित बनाएका छैनन् । उनको हरेक कुराहरु हेरिसकेका छौँ । मेस्सी बिस्तारै तल झर्दै छन् । यद्यपि उनले अझै केही गर्न जरुरी छ। मैले यसअघि उनलाई टिमको खेलाडी देखेको थिए, तर अहिले उनको कार्यमा धेरै स्वार्थ देखेको छु’, उनले भने।
मेस्सीले यस सिजन छैठौं पटक गोल्डेन शु जित्दै रेकर्ड बनाएका छन् । उनले यसै सिजन पीएसजीका स्ट्राइकर केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै लगातार तेस्रो पटक गोल्डेन शु हात पारेका हुन् । रोनाल्डोले भने चार पटक गोल्डेन शु जितेका छन् । तर, यस सिजन खराब प्रर्दशनका कारण उनी गोल्डेन शु को दाबेदार बन्न चुकेका थिए । मेस्सीको कार्य रोनाल्डोको ठिक विपरित छ । रोनाल्डोले अहिले टिमकोलागि खेलेको मैले देखेको छु,’ किम्पेसले थपे । यस्तै किम्पेसले मेस्सीलाई अर्जेन्टिनीले आफ्नो मान्य भएको कारण उनको आलोचना हुने गरेको र आवश्यकता समेत रहेको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij