मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुकेधारा विस्फोटमा मृत्यु भएका थापामगर विप्लवको मध्यकमाण्ड सैन्य ब्युरो प्रमुख

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १४, २०७६



  • सुकेधारास्थित सैलुन पसलभित्रको भान्सामा बम विस्फोट गराउँदा मृत्यु हुने तीनमध्ये दुई जना विप्लव माओवादीको सैन्य गतिविधिमा संलग्न रहेको खुलेको छ।

    प्रहरीका अनुसार सुकेधारा विस्फोटमा मृत्यु भएका कालिकोटका दीपेन्द्र विश्वकर्मा र दाङका गोपाल थापामगर दुवै विप्लव माओवादीको सैन्य दस्तामा रहेर बम विस्फोटलगायत गतिविधि गरिरहेका थिए।

    महानगरीय प्रहरी परिसर काठमाडौंले दाङका थापामगर मध्यकमाण्ड सैन्य ब्युरो प्रमुख रहेको जनाएको छ।

    ‘महावीर’ उपनामले चिनिने उनी पूर्वलडाकु हुन्। प्रकाशित समाचारको फोटो थापामगरको हो। यो तस्बिर पूर्वलडाकु हुँदा खिचिएको रहेको परिसरले जनाएको छ।

    काठमाडौंमा विप्लव माओवादीका नेताहरू धमाधम पक्राउ पर्न थालेपछि उनी दाङबाट राजधानी छिरेको हुन सक्ने आशंका गरिएको छ।

    कालिकोटका विश्वकर्मा सोही जिल्लाका सदस्य एवम् सैन्य ब्युरो एरिया इञ्चार्ज रहेको प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

    सुकेधारा विस्फोटमा मृत्यु भएका कृष्ण भण्डारी ‘निरन्तर’ काठमाडौं जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ। उनी बाग्लुङका हुन्।

    उनीहरू सबै सैन्य अभ्यासमा सिपालु भइसकेका कार्यकर्ता थिए। तर, बिहान र बेलुकाको समय मिलाउने क्रममा सुकेधारामा विस्फोट हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।

    ‘एएम बनाउन खोज्दा पिएम भएर पड्केको हामीले बुझेका छौं,’ सुवेदीले भने।

    विज्ञप्ति जारी गर्दै महासचिव नेत्रविक्रम चन्दले दुवै जना जनमुक्ति सेनामा आबद्ध रहेको खुलाएका पनि छन्।

    सोमबार संघीय संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले विप्लवसँग सेना रहेको बताएका थिए।

    घट्टेकुलो विस्फोटमा बझाङका प्रज्जवल शाहीको मृत्यु भएको थियो। उनी विद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए।

    कालिकोट र दाङका उनीहरू सैलुन पसलेको भान्सामै कसरी पुगे भन्ने विषय अनुसन्धानको विषय बनेको छ। सुकेधारा विस्फोटमा सैलुन पसल सञ्चालक महोत्तरीका जीवकुमार ठाकुर गम्भीर घाइते छन्।

    ‘उनीहरू कसरी भेट भए र बम विस्फोटको योजना बनाए भन्ने अनुसन्धान अघि बढ्न सकेको छैन, घाइतेहरू बोल्न सक्ने अवस्थामा नरहेकाले खुल्न नसकेको हो,’ सुवेदीले भने।

    सुकेधारा विस्फोटमा घाइते हरि खड्का, सुरेन्द्र महर्जन, जीवकुमार ठाकुर, घट्टेकुलो विस्फोटमा रविन केसी र थानकोटमा महेन्द्र तामाङ र बुद्ध लामाको उपचार भइरहेको छ।

    ‘उनीहरू कोही आइसियु कोही कोमामा छन्, घाइतेको अवस्था चिन्ताजनक छ,’ सुवेदीले भने।

    सुकेधारा र घट्टेकुलो दुवै स्थानमा प्रेसर कुकरमा ‘टाइम बम’ बनाइएको थियो। बम विस्फोटका मृतक र घाइते सबै विप्लव माओवादीकै कार्यकर्ता रहेको प्रहरीको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij