प्रकाशित मिति : मङ्लबार, जेष्ठ १४, २०७६
नवलपरासी — नवलपरासीको भेडाबारीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध गरेका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार साँझ ५ बजे टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
राजमार्ग अवरुद्ध हुँदा सयौँ गाडी भेडाबारीमा अलपत्र परेका छन् ।मृत्यु हुने महिलाको सनाखत हुन सकेको छैन ।
राजमार्ग खुलाउन घटनास्थलमा प्रहरी खटिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij