मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६



  • काभ्रे। ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती गर्यो। एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ।

    फेरि पनि यौन सम्बन्धका लागि बोलायो। मैले ठाडै इन्कार गरेँ। तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ त्यहीँ जान थालें। अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ म त्यहीं उसको वासना पूरा गर्न पुग्छु।’

    बालविवाहको पीडा पनि भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिंदै भनिन्। जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी किशोरीलाई पहिला यादवले नाता जोड्दै सहयोगी व्यवहार देखाए। सहयोगको दबाबमा परेर किशोरीले शारीरिक सम्पर्क राख्न पुगेको उजको भनाइ थियो।

    नेपाल समाचारपत्रलाई मंगलबार किशोरीले भनिन्– ‘मेरा श्रीमान् विदेशमा हुनुहुन्छ, घरमा उहाँ नभएको मौका छोपी यादवले मलाई व्यावहारिक काममा सहयोग पुर्याउँथ्यो । भिनाजु भन्दै नाता लगाएपछि शंका गर्ने ठाउँ पनि थिएन । मेरो नियत सफा थियो तर उसको कुदृष्टि मेरो शरीरमा रहेछ ।’ किशोरीका आँखा रसाएका थिए। उनी केही बेर रोकिइन्, गुलाबी सलले आँखा मिच्दै थप विवरण दिइन्, केही समयपछि उसले बजारतिर डुल्न जाऔं भन्यो । मैले शुरुमा त मानिनँ, तर उसको करका अगाडि मेरो केही लागेन, किनकि उसले मलाई संकट परेका बेला सघाएको थियो। आर्थिक सहयोग गरेको थियो।

    किशोरीका अनुसार यादवले किशोरीको माइती गाउँको व्यक्तिले खोलेको होटेल हो भन्दै यादवले रौतहट बजारकै एक होटेलमा लगे। किशोरीले भित्र जान नमानेपछि यादवले हेर्न त हिँड् भन्दै कोठामा लगे र ढोका थुने। ‘मैले नाइँ भन्नै सकिनँ’ –किशोरी आफ्नो विगत बताउँदै रोइरहेकी थिइन्। उनका अनुसार जबरजस्ती सम्पर्क राखेपछि उनी तत्काल घर फर्किन चाहन्थिइन्। तर यादवले खाजा खान दबाव दिए, ‘उसले कोकाकोलामा रक्सी मिसाएर मलाई पिलाएको रहेछ। म मातेर लडेपछि उसले भिडियो खिचेको रहेछ।’

    ‘त्यो दिन म सम्झन पनि सक्दिनँ । माइत गएर केहि दिन पछि घर फर्किएपछि उसले त्यस दिनको भिडियो आफूसँग रहेको भन्दै मलाई धम्क्यायो।’ किशोरीका अनुसार मोबाइल अलि टाढै राखेर यादवले भिडियो देखाए, जहिले भन्यो त्यहिले सम्पर्कका लागि राजी नभए उनले भिडियो सार्वजनिक गरिदिने धम्की थिए।

    ‘घर बिग्रने डरले म उसले जे जे भन्यो त्यो मान्न तयार भएँ । त्यसकै फाइदा उठाउँदै उसले धेरै पटक ममाथि शोषण गर्यो। मानसिक र शारीरिक रुपमा गरेको शोषणको बयानै गर्न सक्दिनँ ।’ यादवले किशोरीको शहरमै मात्र पनि शोषण गरेनन्, टाढा–टाढा पु¥याएर पनि शोषण गरे।

    ‘अन्तिम पटक २०७६ वैशाख महिनामा काठमाडौ जाऔं भन्यो, म लुरुलुरु पछि लागें । नगरकोट पु¥यायो । त्यहाँ उसले दुई दिनसम्म राखेर बारम्बार यौनशोषण ग¥यो । त्यसपछि भने मैले सहन सकिनँ । जे होला होला भन्ने आँट गरेर आफन्तसँग सल्लाह गरें।’

    अन्ततः किशोरीलाई सहयोग गर्न आफन्तहरु पनि तयार भए। आफन्तकै सहयोगमा महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिइन्। भक्तपुर प्रहरी कार्यालयमा २०७६ बैशाख ३१ गते दिएको जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान गर्यो । घटनास्थल काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा पर्ने भएकाले अनुसन्धानसहितको फाइल अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाइएको छ।

    प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाका बारेमा प्रारम्भिक अनुसन्धान शुरु गरेको बताउनुभयो, ‘महानगरिय प्रहरी परिसर भक्तपुरमा बैशाख ३१ गते दर्ता भएको जबरजस्ती करणी सम्वन्धी जाहेरीको फाईल प्राप्त भएको छ’–एसपी खड्काले भने–‘काभ्रेको नगरकोटमा घटनास्थल भएकाले सोधपुक्ष गर्ने काम भएको छ । अनुसन्धान भइरहेकाले थप कुरा बताउन मिल्दैन।’

    घटनामा संलग्न भनिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत नेपाल प्रहरीका सई रामविनोद राय यादवलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले जेठ ७ गते पक्राउ गरी अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी खड्काले बताए। प्रहरीका सई यादवले विभिन्न स्थानमा त्यही भिडियोका आधारमा जर्बजस्ती गर्दै आएको भन्ने उजुरी प्राप्त भएको एसपी खड्काले पुष्टि गरे।

    साविक सर्लाही जिल्ला घर भई रौतहट जिल्लाको गौर नगरपालिका ३ मा स्थायी बसोवास गर्ने यादवले १८ वर्षीया किशोरीलाई एक वर्ष अघिदेखि जर्बजस्ती गर्दै आएका सम्बन्धमा फौजदारी संहिता भन्छ, १८ वर्ष नपुगेकी किशोरीसँग जबरजस्ती करणी गरे २० वर्षसम्म जेल सजाय हुन्छ । नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले काभ्रेबाट खबर लेखेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij