मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हुलाकबाट सिंहदरबारको चिठी कुपण्डोल पुग्न १८ दिन लागेपछि..

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १५, २०७६



  • काठमाडौँ– काठमाडाैंको सुन्धारा र ललितपुरको कुपण्डोलबीचको दूरी करिव तीन किलोमिटर छ ।

     सुन्धाराबाट कोही मानिस हिँडेर कुपण्डोल जान खोज्यो भने लगभग आधा घण्टामा सजिलै पुग्नसक्छ । तर, त्यही सुन्धारामा केन्द्रीय कार्यालय रहेको हुलाकमार्फत कुपण्डोलमा पठाएको रजिष्टर चिठी पुग्न भने १८ दिन लाग्ने गरेको पाइएको छ । अझ उपत्यका भित्रका जिल्लामा त हुलाक सेवा विभागले एक दिनमै सेवा दिने दावी गर्दै आएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवारले कुपण्डोलमा रहेको रातोपाटी कार्यालयमा पठाएको रजिष्टर गरिएको एउटा चिठी सुन्धाराबाट कुपण्डोल आइपुग्न १८ दिन लागेको हो । अझ रोचक त के छ भने बैशाख २३ गते सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमका लागि पठाएको उक्त चिठी जेठ १३ गतेमात्रै कार्यालयमा आइपुग्यो । मन्त्रालयले चिठी पठाउन हुलाकलाई २८ रुपैयाँ तिरेको छ ।

    हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले सेवा प्रवाहमा भएको ढिलाई कुनै प्राविधिक कारणले हुनसक्ने बताए । ‘उपत्यका भित्र एक दिनमै सेवा दिने हाम्रो लक्ष्य अनुसार काम भइरहेको छ । १८, १९ दिन लाग्ने भन्ने त कुरै छैन । ठेगाना पत्ता लागेन भने चाहीँ  ढिलाई हुनसक्छ । यो प्राविधिक कारणमा पर्छ’ महानिर्देशक ज्ञवालीले रातोपाटीलाई बताए ।

    सञ्चार मन्त्रालय अन्तर्गतको हुलाकको सेवा प्रवाहको यो त एक नमुना मात्रै हो । कुनैबेला नेपालमा सञ्चार आदानप्रदानका लागि अत्यन्तै भरपर्दो साधन मानिने हुलाक सेवा पछिल्लो समय निस्प्रभावी मात्रै होइन, यसको विश्वसनियतामाथि नै प्रश्न उठ्न थालेको छ ।

    नेपालभर हुलाक सेवा प्रदान गर्न विक्रम संवत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवा प्रारम्भ भएको हो ।

    हुलाक ऐन २०१९ कार्यान्वयनमा आएपछि सो ऐनद्वारा निर्धारित कार्यहरू हुलाक सेवा विभागले सम्पादन गर्दै आएको छ । प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा नेपाली जनतालाई शीघ्र तथा विश्वसनीय रूपमा चिठ्ठीपत्र पहूँच एवं धनादेश सूविधा प्रदान गर्नू विभागको प्रमूख उद्देश्य रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij