मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘चिनियाँ महिला पनि बहादुर हुन्छन्’ भन्ने सन्देश दिन सगरमाथा आरोहण

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १६, २०७६



  • चीनका तीन जना महिलाको टोलीले यही मार्च २२ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन्। साङ यिङ हुङ, मा लियामु र सुन निङनिङको यो टोली चीनकै पहिलो ‘एभरेस्ट एक्पिडिसन’ महिला टोली हो।

    चिनियाँ महिलाहरूको यो टोलीसँगै सगरमाथा आरोहण गर्ने राष्ट्रिय टोलीको संख्या चार पुगेको छ। यसअघि सिंगापुर, नेपाल र भारतका महिलाको टोलीले सगरमाथा आरोहण गरेका थिए।

    सन् २०१४ मै टोली गठन गरेर सगरमाथा चढ्ने लक्ष्य गरेका यी महिलाको उद्देश्य ‘चिनियाँ महिलाहरू पनि बलिया र बहादुर हुन्छन्’ भन्ने सन्देश दिनु हो। यसअघि सन् २०१४ र २०१५ मा उनीहरूले प्रयास गरे पनि हिमपहिरो र भूकम्पका कारण असफल भएका थिए।

    अहिले पाएको सफलतामा खुसी व्यक्त गर्दै उनीहरू भन्छन्, ‘हामी चिनियाँ महिलालाई कमजोर ठानिन्छ। तर हामी कठिन वातावरणमा पनि गुलाफको फूल झैं फक्रिन सक्छौं। र, सगरमाथा पनि गुलाफ जत्तिकै संवेदनशील छ। हामीले यही सन्देश दिन खोजेका हौं। सफल भयौं।’

    उनीहरू ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एन्ड एक्सिपिडसन कम्पनीका फुर्वा तेन्जिङ शेर्पा, पेम्बा छिरी शेर्पा, फुर्वा थिन्ले शेर्पा र मिङ्मा नुरू शेर्पाको सहयोगमा सगरमाथा चुचुरोसम्म पुगेका हुन्।

    पछिल्ला केही वर्षमा सगरमाथा आरोहीको संख्या बढ्दै जाँदा वातावरणीय समस्या पनि चुलिएका छन्। यसबारे सचेतना फैलाउन यी महिलाले सगरमाथा आधार शिविरसम्मको यात्रामा बाटामा भेटिएका फोहोर पनि संकलन गरेका छन्। तीन जनाले करिब १० किलो फोहोर बटुलेर संकलन केन्द्रमा पुर्याएको उनीहरूको भनाइ छ। उनीहरूको यो कदम नेपाल सरकारले सुरू गरेको ‘सगरमाथा सफाइ अभियान-२०१९’ मा जनाइएको समर्थन हो।

    यी तीन चिनियाँ महिला र नेपालकी कान्छी तामाङ नेपाल भ्रमण वर्ष-२०२० का सद्भावनादूत पनि हुन्। उनीहरूले भारतीय सगरमाथा आरोही कल्पना दाससँगै प्रधानमन्त्री केपी ओलीले हस्ताक्षर गरेको भ्रमण वर्षको झण्डा सगरमाथामा फहराएका थिए। भारतीय आरोही कल्पना दासको भने सगरमाथाबाटै फर्कने क्रममा निधन भएको थियो।

    नेपालको पर्यटन प्रवर्द्धनमा पनि साङ यिङ हुङ, मा लियामु र सुन निङनिङको टोलीले सघाउने प्रतिवद्धता जनाएको छ। उनीहरूले थप चिनियाँ महिलाहरूलाई सगरमाथा आरोहण गर्न प्रेरणा र तालिमहरू व्यवस्था गर्ने पनि जनाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij