आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, १७ घाइते (अपडेट)

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १६, २०७६



  • नवलपुर, जेठ १६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा नवलपुरको गैंडाकोट नगरपालिका–१४ का ६५ वर्षीया कुमारी सुनारी र सोही ठाउँका ७० वर्षीया जमुना मापथान रहेका छन् । मृतक एकजना महिलाको सनाखत भएको छैन ।

    बिहीबार नारायणगढबाट पाल्पा जाँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक र कावासोतीदेखि नारायणगढतर्फ आउँदै गरेको ना४ख ५२९५ नम्बरको यात्रीवहाक बस ठोक्किएका हुन् ।

    दुर्घटनामा घाइते भएकाहरुको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij