मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एन्फालाई शौचालय हस्तान्तरण

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १६, २०७६



  • काठमाडौं, जेठ १६ । जापान सरकारले एन्फा कम्प्लेक्स सातदोबाटोमा निर्माण गरेको शौचालय र प्राविधिककक्षलगायतका भौतिक संरचना अखिल नेपाल फुटबल संघ (एन्फा)लाई हस्तान्तरण गरेको छ ।

    बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शौचालय र प्राविधिककक्षको उद्घाटन गर्दै औपचारिकरुपमा निर्माण सम्पन्न भौतिक पूर्वाधार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

    जापान सरकारको सहयोगमा एन्फाले कम्प्लेक्स परिसरमा अपांगतामैत्री शौचालय, खेलाडीको पोसाककक्ष बनाएको थियो ।

    भौतिक पूर्वाधार निर्माणका लागि जापान सरकारले एन्फालाई ७१ हजार ५८१ अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो । यो सहयोगले खेलाडीका लागि सघाउ पुग्ने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij