प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६
काठमाडौं,
रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालीका १ डण्डा ईलाकाबाट जेठ १६ गते
एपीएफ टोलीले करीब १ लाख १३ हजार रुँपैया बराबरको चोरीपैठारीको लत्ताकपडा
तथा स्टेशनरी सामान बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा
तथा स्टेशनरी सामान सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा
रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएपm टोलीले बरामद
सामान आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुभmाएको छ ।
यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट जेठ १६
गते एपीएफ टोलीले करीब १ लाख ३४ हजार रुँपैया बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा
तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा
पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुभmाईएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij