आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइपुगे १५० प्रजातिका घुमन्ते चरा

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६



  • काठमाडौँ। श्रीलङ्काबाट नेपाल आएका स्वर्गचरीको जोडी यतिबेला नेपालमा बचेरा स्याहार्दै छन्। वसन्त ऋतुको आगनमसँगै नेपाल भित्रिएका चराले नेपालमा अण्डा कोरल्दै बचेरा हुर्काउँदै छन्। चितवन राष्ट्रिय निकुञ्ज तथा त्यस्तै वातावरण भएको आसपासका वनमा स्वर्गचरीका भालेपोथीले आफ्ना बचेरा कोरलेका हुन्।

    “पर्यटकीय नगरी सौराहाका विभिन्न होटलका बगैँचामा पनि धेरैले गुँड लाएका छन्,” चराविद् बासु बिडारीले भने, “निकुञ्जको सुकेभार जङ्गलमा अझ बढी गुँड भेटिएका छन् ।”

    लामो सेतो वा खैरो रङ्गको पुच्छरसँगै सुन्दर आकृतिको स्वर्गचरी साँच्चैको स्वर्गबाट आएझैँ देखिने बिडारी बताउनुहुन्छ । बच्चा हुर्काउन न्यानो मौसमको खोजी गर्दै यो सिजनमा धेरै चरा नेपाल भित्रिने गर्छन्। कतिपय चरा भने फरक मौसमको अनुभूत गर्न नेपाल आउने गरेको चराविद्को भनाइ छ। सुनचरी र स्वर्गचरीले आफू अनुकूलको वातावरण पाउनासाथै बच्चा कोरल्न थाल्छन्।

    गोमायु महाचिल चाइना, रुस र पूर्वी एसियाबाट नेपाल भित्रिसकेको चराविद् तुलसी सुवेदीले बताउनुहुन्छ । “केही चिल गत अक्टोबरमा आएर हिउँद सकिनासाथ फर्किइसके,” सुवेदीले थपे, ‘गोमायु भने यही सिजनमा नेपाल आउने गर्छ।’

    उनका अनुसार गोमायुजस्तै ३५ प्रकारका शिकारी प्रजातिका चरा नेपाल आउने गर्छन् । नेपालका केही चरा पनि पहाडबाट तराई हुँदै भारत, पाकिस्तानसम्म पुग्ने गर्छन्। नेपाल बसाइ सरेर आउने गरेको गोमायु सन् १९८६ तिर ४० हजार हाराहारीको सङ्ख्यामा नेपाल भित्रिने गथ्र्यो। सन् २०११ को अध्ययनले भने सातदेखि १० हजारको सङ्ख्यामा गोमायु नेपाल आएको देखिएको थियो।

    पछिल्लो समय भने करिब चार हजार पाँच सयको हाराहारीमात्र गोमायु महाचिल नेपाल आएको देखिएको सुवेदीको निश्कर्ष छ। शिकारी प्रजातिका चराको सङ्ख्या विश्वभर झण्डै ७५ हजार रहेको अनुमान गरिन्छ।

    घाँसे मैदानमा बस्न रुचाउने गोमायुले खाने मुख्य आहरा मुसा हो। यसको कमी, डाइक्लोफेनेक विषादीयुक्त गाईभैँसीको मासुखाँदा परेको असर तथा घाँसे मैदानको अभावका कारण यसको आवतजावत र सङ्ख्यामै कमी भएको हुनसक्ने उनले बताए। गाेखारपत्र दैनिक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij