प्रकाशित मिति : शनिबार, जेष्ठ १८, २०७६
एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द आवद्ध क्लब पर्सिजा जाकार्ता इन्डोनेसियाले लिग वानमा अर्को हार व्यहोरेको छ ।
शुक्रबार राति भएको खेलमा पर्सिजा क्लब बाली युनाइटेडसँग १–० गोल अन्तरले पराजित भयो । पर्सिजालाई हराउन ८१ औँ मिनेटमा पाउलो सेर्गियोको एक मात्र गोल निर्णायक बन्यो।
साविक विजेता पर्सिजा जाकार्ताको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बराबरी खेलेको जाकार्ताले पछिल्लो दुई खेलमा पराजय भोगेपछि टिम रेलिगेसन जोनमा धलेकिएको छ । यता रोहित नेपालको खेलका लागि आज मलेसिया पुग्नेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij