आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘पाकिस्तानी टिम ठूलो उलटफेर गर्न सक्षम छ, च्याम्पियन्स ट्रफी नबिर्सिनू’

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • काठमाडौं। आज विश्वकपमा भारत र पाकिस्तानबीच खेल हुँदैछ । यो खेल निकै हाइभोल्टेज हुनेछ किनकि यी दुई देशमा यो खेललाई खेलको रुपमा मात्र नभइ युद्धको रुपमा लिइन्छ । यही हाइभोल्टेज खेलको बीचमा एक अन्तर्राष्ट्रिय मिडियाले यी दुवै देशका बरिष्ठ खेल पत्रकारहरुसँग यस विषयमा कुरा गरेको छ ।

    हमिद मिर, पाकिस्तानका बरिष्ठ खेल पत्रकार

    आइसीसीले गत वर्ष १४ देशमा सर्वेक्षण गरेको थियो जसमा चीन अमेरिका जस्ता देख पनि थिए । यसको नतिजाअनुसार विश्वभर करिब १ अर्ब क्रिकेट फ्यान छन् । यसको ९० प्रतिशत भारतीय उपमहाद्वीपमा छन् । आज अधिकांश क्रिकेट विशेषज्ञले भारतीय टिमलाई पाकिस्तानी टिमभन्दा निकै मजबुत बताइरहेका छन् । तर, केहीले पाकिस्तानी टिमलाई अनुमान गर्न नसकिने अर्थात अनिश्चितताले भरिएको बताएका छन् । २०१७ को च्याम्पियन्स ट्रफीमा पाकिस्तानी टिम कमजोर थियो । पहिलो खेलमा ऊ भारतसँग हारेको थियो तर अन्त्यमा उसले प्रतियोगिता नै जित्यो ।

    भारतीय र पाकिस्तानी क्रिकेट प्रेमी चाहन्छन् कि यी दुई देशबीच क्रिकेट होस् तर उनीहरु यसलाई खेललाई जस्तै हेर्दैनन् बरु कुनै युद्धझैं हेर्छन् । विगत कैयौं वर्षदेखि यी दुई देश एक अर्काको देशमा क्रिकेट खेलेका छैनन् । तर, उनीहरु एक तेस्रो देशमा, जुन देशले उनीहरुमाथि ३ सयभन्दा धेरै वर्ष शासन गर्यो, त्यहाँ खेल्न तयार छन् । के यो एक प्रकारको ढोंग होइन ? भारत र पाकिस्तानका फ्यान आफ्नो धर्तीमा होइन गोराहरुको धर्तीमा दुई देशबीचको खेल हेर्न सक्छन् ।

    आजको खेलको लागि मलाई १० ब्रिटिस सांसदले इङल्याण्ड आउन निम्ता दिएका थिए । यीमध्ये ५ भारतीय मूलका सांसद हुन् र पाँच पाकिस्तानी मूलका । उनीहरु खेलको माध्यमबाट दुई देशबीच शान्ति चाहन्छन् । लण्डनको किंग्स कलेजका छात्रहरुको संगठन पाकिस्तान इण्डिया पीस फोरम पनि यही कोसिस गरिरहेको छ । म यो खेलको लागि त इङल्याण्ड गइन तर भारत र पाकिस्तानबीच फाइनल हुन्छ भने अवश्य जानेछु । कसैले पनि जितोस् म डान्स गर्छु । यदि आजको खेल भारतले जित्यो भने म सार्वजनिक रुपमा उसलाई बधाइ दिन्छु ।

    राजदीप सरदेसाइ, भारतका बरिष्ठ खेल पत्रकार

    आजको खेलमा ८० प्रतिशत भारतले जित्ने सम्भावना छ । हाम्रो टिम यति बलियो छ कि यदि आज हामी पाकिस्तानसँग १० खेल खेल्यौं भने ८ खेल त जित्छौं नै । पहिले भारतीय टिम ब्याटिङको लागि जानिन्थ्यो । आज हामीसँग बुमराहजस्ता टप बलर छन् । पाकिस्तानसँग मोहम्मद आमिर छन् तर उनी बुमराहको स्तरका छैनन् । हाम्रा दुवै स्पिनर कुलदीप र चहल पाकिस्तानका स्पिनरको तुलनामा राम छन् । विराट र रोहितको तुलनामा उनीहरुसँग ब्याट्सम्यान छैनन् ।

    मेरा केही पाकिस्तानी मित्र भन्छन् कि तपाइँ बाबर आजमलाई हेर्नुस् । तर म भन्छु उनी विराटको तुलनामा केही होइनन् । यद्यपि पाकिस्तानी टिम आज धेरै अनिश्चितताबाट भरिएको छ । उनीहरु न केवल अनिश्चित छन्, हरेक घण्टा अनिश्चित छन् । उनीहरु एक घण्टा राम्रो खेल्छन् अनि खेल बिग्रिन्छ । यस्तोमा खतरा हुन्छ । हामीलाई थाहा छेन आज उनीहरुको टिम कस्तो खेल्छ । हाम्रा सबै प्लान फेल हुन्छन् ।

    फिल्डिङको कुरा गर्ने हो भने हामे फिल्डिङ पाकिस्तानको भन्दा कैयौं राम्रो छ । एउटा रोचक कुरा यो पनि हो कि पाकिस्तानी टिम कुनै पनि बेला जतिसुकै खराब होस् उसका खेलाडी भारतको अगाडि सधैं राम्रो खेल्छन् । पाकिस्तानी टिममा सधैं एक दुई खेलाडी यस्ता हुन्छन् जो भारतविरुद्ध एक–दुई खेलमा राम्रो खेलेर पूरै करिअर बनाउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij