आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज पाराग्वे र कतारबीच भिडन्त

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • एजेन्सी । कोपा अमेरिका फुटबलमा आइतबार राति पाराग्वे र कतारबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार । राति पौने १ बजे हुनेछ । पाराग्वेले लामो समयदेखि कोपा अमेरिका खेले पनि कतारले पहिलो पटक सहभागिता जनाउँदै छ । एसयाली च्याम्पियन कतार र जापानले यस पटक गेस्ट टिमको रुपमा कोपामा सहभागिता जनाएका छन् ।

    १९७९ को च्याम्पियन पाराग्वे २०१६को समूह चरणबाटै बाहिरिएको थियो । यस समूहमा कोलम्बिया र अर्जेन्टिना पनि रहेकाले कोपाको समूह बी मा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

    पाराग्वेका मिगुएल अल्मिरोन मुख्य खेलाडी हुन् । न्यूक्यासलका प्लेमेकर मिगुुएलले मिडफिल्डमा प्रभाव जमाउने अनुमान गरिएको छ । कतारले कोपा खेलेसँगै अमेरिकामा आमन्त्रित हुने पहिला अरब राष्ट्र बनेको छ ।

    कतारले यस वर्ष र अर्को वर्ष आयोजना हुने कोपा कपलाई सुनौलो अवसरको रुपमा लिएको छ । २०२२ को विश्वकप आयोजक राष्ट्र भएकाले पनि कतारले एक्सपोजर पाएको छ ।

    कतारका अल्मोएज अली मुख्य खेलाडी हुनेछन् । एसिया कपमा ९ गोल गरेका उनी कोपा कपका लागि कतारका टिमका संकट मोचक बन्ने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij