प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६
काठमाडौं । विश्व कप क्रिकेटको सोमबारको खेलमा विशाल लक्ष्य पाएको बंगलादेशले वेष्टइण्डिविरुद्ध धमाकेदार ब्याटिंग गरेको छ । बेलायतको टाइटुनमा ३२२ रनको लक्ष्य पाएको बंगलादेशका लागि सकिब अल हसनले धुँवाधार ब्याटिंग गरिरहेका छन् । ओडिआईमा ६ हजार रन पूरा गरेका सकिबले तेस्रो नम्बरमा ब्याटिंग गर्दै यो समाचार तयार पार्दासम्म अर्धशतक बनाइसकेका छन् ।
यसअघि वेष्टइण्डिजले टस हारेर पहिला ब्याटिंग गर्दै ८ विकेटमा ३२१ रन बनाएको थियो ।
यो समाचार तयार पार्दासम्म बंगलादेशले ३० ओभरमा ३ विकेटमा २१४ रन बनाइसकेको छ । सकिब प्रतियोगितामा दोस्रो शतक नजिक छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij