प्रकाशित मिति : मङ्लबार, असार ३, २०७६
काठमाडौँ । यदि जाडो मौसममा तपाईं अण्डा धेरै खान रुचाउनु हुन्छ भने त्यो तपाईको स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हो । विषेशगरी जाडो मौसममा अण्डा खान यस कारण रुचाउछन् किन कि अण्डामा पर्याप्त मात्रामा पौष्टिक तत्व र भिटामिन डी को मात्रा पाइन्छ।
तर के तपाईंलाई थाहा छ , अण्डामा कसरी भिटामिन डी पाईन्छ ? यदि तपाईंले यो थाहा पाउनुभयो भने तपाई अचम्ममा पर्नु हुन्छ । जुन कुखुरा घाममा बढी समय रहन्छ, त्यो कुखुराको अण्डामा बढी न्यूट्रिएन्ट्स हुन्छ र त्यसमा भिटामिन डी को मात्रा पनि अन्य अण्डाको तुलनामा बढी हुन्छ ।
यो सुनेर सबैलाई अचम्म लाग्नु स्वभाविक हो । एक अध्ययनका अनुसार यस विषयमा गरिएको अनुसन्धानमा यो तथ्य सार्वजनिक गरिएको छ । बेलाय स्थित रिडिंग यूनिभर्सिटीले २७० वटा अण्डामा एक अनुसन्धान गरेको थियो जसमा कुखुराहरुलाई पिजडाभन्दा बाहिर घाममा र खुला हावामा राख्दा उनको अण्डामा भिटामिन डी बढी मात्रामा पाईन्छ।
त्यसैगरी जुन कुखुरा दिनभर पिजडामा राखिन्छ उनीहरुको अण्डामा भिटामिन डी को मात्रा कम हुन्छ। अनुसन्धानका अनुसार अर्गानिक फार्मबाट आउने अण्डामा 25 hydroxy D3 को मात्रा बढी हुन जान्छ जसले मानिसको स्वास्थ्यलाई राम्रो प्रभाव पार्छ ।
अनुसन्धानका अनुसार ‘फ्री–रेन्ज’ अण्डामा २ माइक्रोग्राम सम्म भिटामिन डी हुन्छ । त्यस्तै अर्गा्निक अण्डामा २.२ माइक्रोग्राम र अन्यमा १.७ माइक्रोग्राम भिटामिन डी पाइन्छ । विषेशज्ञहरुका अनुसार एक व्यस्क व्यक्तिलाई दैनिक १० माइक्रोग्राम भिटामिन डी को आवश्यकता हुन्छ भने बच्चालाई ७ देखि ८.५ माइक्रोग्रामको आवश्यकता हुन्छ ।
अण्डा खानुको अनेक फाईदा :
१) अण्डामा पाइने अमीनो एसिडले तपाईंलाई फिट राख्नमा मद्दत गर्छ।
२) गर्भावस्थाको समयमा महिलाहरुले अण्डा खानाले गर्भभित्रको बच्चाको मानसिक र शारीरिक विकासका लागि फाइदाजनक हुन्छ ।
३) अण्डामा lutein र zeaxanthin पनि पर्याप्त मात्रामा पाइन्छ । जसले आँखाको समस्या मोतिबिन्ंदुको खतरा कम हुन्छ । साथै यसले आँंखाको मांसपेशिलाई पनि बलियो बनाउने काम गर्छ र यसमा पाइने एन्टीअक्सीडेन्टले रेटीनालाई पनि स्वस्थ राख्छ ।
४) विहान खाजामा अण्डा खानु फाइदाजनक हुन्छ । यसले शरीरको तौल नियन्त्रणमा रहन्छ । अण्डा खानाले शरिरमा शक्ति प्राप्त हुनुका साथै पेटको समस्या पनि कम हुन्छ ।
५) अण्डामा पाइने ओमेगा–३ फैटी एसिड, भिटामिन भी–१२ र डी ले हाम्रो मस्तिष्क पनि स्वस्थ रहन्छ । उसो भिटामिन डी अण्डा बाहेक माछा र पनीरमा पाईन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij