आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राशिद खानको नाममा बन्यो लाजमर्दो रेकर्ड

  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६



  • काठमाडौँ । अफगानिस्तानका स्टार स्पिनर राशिद खानका लागि मंगलबार इङल्याण्डविरुद्धको विश्वकपको खेल विर्सन लायक बन्यो । इङल्याण्डका ब्याट्सम्यानले विश्वकै अहिलेका उत्कृष्ट स्पिनर भनिएका राशिदको धुलाई यसरी गरेकी विश्व क्रिकेटको रेकर्ड नै तोडियो । यस खेलमा ९ ओभरमा १२.२२ को औसतले ११० रन दिएका राशिदले कुनै विकेट लिन सकेनन् ।

    विश्वकपको इतिहासमै राशिद अहिलेसम्मका महँगो बलर बन्दै शर्मनाक रेकर्ड कायम गरेका छन् । यस अघि यस्तो रेकर्ड सन् १९८३ विश्वकपमा न्युजील्याण्डका बलर मार्टिन स्नेडडेनले १२ ओभरमा १०५ रन दिदै आफ्नो नाममा बनाएका थिए । त्यस्तै वेस्टइन्डिजका कप्तान जेसन होल्डरले दक्षिण अफ्रीकाविरुद्ध बलिङ गर्दै १० ओभरमा १०४ रन खाएक थिए । त्यस्तै अफगानिस्तानकै बलर दवालत जर्दानले सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाविरुद्ध १० ओभरमा १०१ रन खाएका थिए ।

    तर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने राशिद एकै खेलमा धेरै रन दिने दोस्रो खेलाडी बनेका छन् । राशिदले भन्दा धेरै अस्ट्रेलियाका मिक लुइसले सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध १० ओभरमा ११३ रन दिएका थिए । त्यस्तै पाकिस्तानका वहाव रियाजले पनि सन् २०१६ मा इङल्याण्डविरुद्ध १० ओभरमा ११० दिएका थिए ।

    साथै राशिदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सबै बह्न्दा धेरै ११ छक्का खाने बलर बनेका छन् । साथै उनी एकदिवसीय क्रिकेटमा सयभन्दा धेरै रन दिने पहिलो स्पिनर समेत बनेका छन् ।

    साथै यस खेलाम इङल्याण्डका कप्तान इयोन मोर्गनले राशिदको बलिङमा ७ छक्का प्रहार गर्दै एकदिवसीय क्रिकेटमा कुनै एक बलरविरुद्ध एकै खेलमा धेरै छक्का हान्ने रेकर्ड समेत बनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij