आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पसिना गन्हाएर हैरान हुनुहुन्छ ? यस्तो छ दुर्घन्धलाई टाढा भगाउने अचुक उपाय

  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६



  • काठमाडौँ । गर्मी याम लागेसगैँ पसिना आएर धेरैलाई सताउछ। गर्मीयाममा अलि बढी हिन्डुल गर्ने बितिक्कै असिना-पसिना हुन्छ। पसिना आउनु प्राकृतिक प्रक्रिया हो। धेरै जसो ब्यक्तिको पसीना गन्हाउने हुन्छ। कतिपय व्यक्तिको त शरीरबाट निस्किने पसिनाको दुर्गन्ध खपी नसक्नु नै हुन्छ। केही व्यक्तिलाई बढी पसिना आए पनि गन्हाउँदैन, कसैलाई कम पसिना आए पनि त्यो अति गन्हाउने हुन्छ।

    यसकै कारण कसैका अघि लज्जित हुनुपर्ने अवस्थालाई भने केही निश्चित प्रक्रिया अपनाएर धेरै हदसम्म कम गर्न सकिन्छ।

    पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ। दुर्गन्धबाट बच्न शरीरको सफाइ आवश्यक छ। पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो, अम्ल र नुनसमेत बाहिर आउने गर्छ जसले विशेष प्रकारको दुर्गन्ध उत्पन्न हुन्छ ।’

    गर्मी याममा प्रायः सबैलाई पसिना निस्किन्छ । बढी शारीरिक श्रम गर्ने व्यक्तिलाई गर्मी याममा बढी पसिना निस्किन्छ । पसिना निस्केर सुकेपछि छालामा युरिया र नुनजस्तो तत्त्व रहिरहन्छ । यही तत्त्वले आकषिर्त गरेर दुर्गन्धको कारण बन्ने गर्छ । यी तत्त्वहरूलाई छालाबाट तुरुन्त नहटाउँदा बिमिरासमेत उत्पन्न गर्छ ।

    शरीरको काखी, तिघ्राको काप आदिबाट पसिना बढी आउँछ । त्यहाँ प्रोटिन र तेल बढी निस्किँदा ब्याक्टेरिया छिट्टै हुर्किन्छ । कापमा आद्रता बढी हुनु, हावाको प्रवाह नहुने भएकोले बढी मात्रामा दुर्गन्धको अनुभव हुन्छ । पसिनाको दुर्गन्ध समस्या भएकाले पेट सफा राख्नुको साथै हलुका खाना, प्रशस्त पानी पिउनुपर्छ । यस्तै पसिनाको समस्या भएकाहरू दिनहुँ दुई पटक नुहाउनाले ब्याक्टेरियाको वृद्घलिाई घटाउन सकिन्छ ।

    पसिनाको समस्या भएकाले नुहाउँदा डिटोल, युडी कोलोन, खस, गुलावजल जस्ता वस्तुको केही थोपा पानीमा हालेर नुहाउनु लाभदायक हुन्छ । दिनहुँ सफा गरिएको नयाँ लुगाको प्रयोगसँगै भित्री लुगा, मोजा लगायत अन्य लुगाफाटो हरेक दिन बदलनाले समेत पसिनाको दुर्गन्धमा कमी आउँछ । खुट्टा, काखी, तिघ्राको कापलाई दिनहुँ सफा गर्दा दुर्गन्धमा कमी ल्याउन सकिन्छ । ती ठाउँमा एन्टि- फंगल/ब्याक्टेरियल पाउडर लगाउँदा समेत राहत मिल्न सक्छ । काखी, तिघ्राको काप, थाई, गर्घन, छाती छेउछाउ दिनहुँ राम्ररी साबुनपानीले धुँदा उपयुक्त हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij