प्रकाशित मिति : शनिबार, असार ७, २०७६
काठमाडौं। रियल मड्रिडका डिफेण्डिङ मिडफिल्डर क्यासेमिरोले नेइमार बार्सिलोना जानु रियल मड्रिडको लागि खतरनाक हुने बताएका छन् । उनले यदि बार्सिलोनाको नेइमारलाई फर्काउने प्रयास सफल भएमा रियल मड्रिडका लागि अर्को सिजन निकै कठिन हुने दावी गरेको स्पेनिस मिडिया मार्काले लेखेको छ ।
क्यासिमेरो स्वयंलाई आफ्नो क्लवमा अनुबन्ध गर्न पिएसजी इच्छुक भएका बेला उनको यस्तो भनाइ आएको हो । ‘उनी (नेइमार) निकै उत्कृष्ट खेलाडी हुन्’ कोपा अमेरिकामा ब्राजिलले भेनेजुएलासँग गोलरहित बराबरी खेलेपछि क्यासिमेरोले मार्कासँग कुरा गर्दै भने ‘यदि उनी बार्सिलोना गए भने त्यसपछिको समय हाम्रो लागि निकै कठिन हुनेछ किनकि उनीहरुसँग अर्का महत्वपूर्ण खेलाडी हुनेछन् ।’
‘यदि उनी रियल मड्रिड आउन चाहन्छन् भने हामी उनलाई सहर्ष स्वागत गर्नेछौं’ क्यासिमेरोले अगाडि भने । रियलले यो समरमा ३०० मिलियन युरो खर्च गरिसकेको छ र क्यासिमेरो यो नयाँ साइनिङले के फरक पार्छ भन्ने हेर्न उत्साहित छन् । ‘मड्रिडले सधैं विश्वस्तरीय खेलाडी अनुबन्ध गर्छ, जस्तै हजार्ड रोड्रिगो’ उनले भने ‘उनीहरु सबैलाई स्वागत छ । रियलमा पहिल्यै भएको टिमसँग मिलेर उनीहरुले यो सिजन धेरै कुराहरु ल्याउनेछन् ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij