प्रकाशित मिति : आइतवार, असार ८, २०७६
काठमाडौं । जारी विश्व कप क्रिकेटमा लगातार खराब प्रदर्शन गरिरहेका पाकिस्तान र दक्षिण अफ्रिकाबीच आइतबार बेलायतको लडर्समा खेल जारी छ । पाकिस्तानले तस जितेर पहिला ब्याटिंग गर्दै ७ विकेटमा ३०८ रन बनाएको छ ।
पाकिस्तानी बायाँ हाते ब्याट्सम्यान ह्यारिस सोहेलले विष्फोटक ब्याटिंग गरेपछि पाकिस्तान तीनसयभन्दा माथिको स्कोर बनाउन सफल भएको हो । उनले ५९ बलमा ८९ रन बनाए । सो क्रममा उनले ३ छक्का र ९ चौका प्रहार गरे । यस्तै बाबर आजमले ६९ रन बनाए भने दुबै ओपनर फकर जमान र इमाम उल हकले ४४–४४ रन बनाए ।
दक्षिण अफ्रिाकाका लागि लुंगी एनगिडीले ३ विकेट लिए भने इमरान ताहिरले २ विकेट लिए ।
जारी प्रतियोगितामा दक्षिण अफ्रिका र पाकिस्तान दुबै टिमको सेमिफाइनल दौड कठिन बनेको छ । यसअघि दक्षिण अफ्रिकाले ६ खेलमा एकमात्र जित हात पारेको छ भने पाकिस्तानले आफ्ना ५ खेलमा एकमात्र जित हात पारेको छ ।
यो खेल गुमाए अफगानिस्तानपछि सेमिफाइनल दौडबाट बाहिरिने दक्षिण अफ्रिका दोस्रो टिम बन्ने छ । पाकिस्तानले जित हात पारे उसको सेमिफाइलन दौड कायम रहनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij