आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटः अस्ट्रेलियासँग हार्‍यो न्युजिल्यान्ड

  • प्रकाशित मिति : आइतवार, असार १५, २०७६



  • साविक विजेता अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई ८६ रनले पराजित गरेको छ । लर्डस मैदानमा शनिबार राति भएको खेलमा फराकिलो जितसँगै अस्ट्रेलियाले शीर्ष स्थान थप बलियो बनाएको छ ।

    दुई सय४४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४३.४ ओभरमा सवै विकेट गुमाएर एक सय ५७ रनमा समेटिएको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन बनाए । रोस टेलरले ३०, मार्टिन गुप्टिलले २०, टोम लाथमले १४ र मिचेल सान्टनरले १२ रन बनाए । न्युजिल्यान्डलाई सस्तैमा समेट्न अस्ट्रेलियाका मिचेल स्टार्कले पाँच विकेट लिए । जासन पाउलले दुई तथा पाट कुमिन्स, नाथन लायन्स, स्टेभन स्मिथले एक एक विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ४३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र एलेक्स केरीले अर्धशतकीय पाली खेले । ख्वाजाले ८८ रन बनाए । केरीले ७१ रनको योगदान गरे । पाट कुमिन्सले अविजित २३, मार्कुस स्टोनिसले २१ र डेभिड वार्नरले १६ रन बनाए ।

    न्युजिल्यान्डका ट्रेन्ड बोल्टले चार विकेट लिए । लक्की फर्गुसन र जेम्स निशमले दुई दुई विकेट लिए । केन विलियम्सनले एक विकेट लिएका थिए । यसअघिनै सेमिफाइनलमा पुगेको अस्ट्रेलियाले आठ खेलबाट १४ अंक बनाएको छ । यस हारले न्युजिल्यान्डलाई सेमिफाइनल पुग्न अन्य खेल कुर्नुपर्ने भएको छ । न्युजिल्यान्डको आठ खेलबाट ११ अंक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij