आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकप क्रिकेटमा भारतको पहिलो हार, आयोजक इङ्ल्याण्ड ३१ रनले विजयी

  • प्रकाशित मिति : सोमवार, असार १६, २०७६



  • काठमाडौं । इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार बेहोरेको छ ।

    गएराति बर्मिङ्घममा भएको खेलमा भारतलाई आयोजक इङ्ल्याण्डले ३१ रनले हराएको हो ।

    इङ्ल्याण्डले सन् १९९२ पछि भारतलाई विश्वकप क्रिकेटमा पराजित गरेको यो पहिलो पटक हो ।

    खेलमा इङ्ल्याण्डले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ६ रन मात्रै बनाउन सक्यो ।

    भारतका रोहित शर्माले १ सय २ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

    भारतलाई लक्ष्यभन्दा सस्तैमा रोक्न इङ्ल्याण्डका लियाम प्लङ्किटले ३ तथा क्रिस वोक्सले २ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो ।

    घरेलु टोलीका लागि जोनी बेयर्सटोले १ सय ११ रन बनाए । भारतका मोहमद शामीले ५ विकेट लिए ।

    भारतलाई हराएसँगै इङ्ल्याण्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

    ८ खेलबाट १० अंक जोडेको इङ्ल्याण्ड तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पाकिस्तान पाँचौ स्थानमा झरेको छ ।

    ७ खेलबाट ११ अंक जोडेको भारत समूहको दोस्रो स्थानमा छ ।

    शीर्ष स्थानको अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेको छ । विश्वकप क्रिकेटमा आज श्रीलंका र वेष्ट इन्डिज भिड्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij