प्रकाशित मिति : सोमवार, असार १६, २०७६
एजेन्सी । स्पेनले यु–२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु–२१ टोलीलाई २–१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो ।
सन् २०१७ मा स्पेन जर्मनीसाग नै पराजित हुदै उपाधि विमुख भएको थियो । यसपटक स्पेनले उक्त हारको बदला लिन सफल भयो । यससँगै स्पेनले यु–२१ उपाधि जित्ने इटालीसँगको कीर्तिमानलाई बराबरी गरेको छ । इटालीले सर्वाधिक ५ पटक उपाधि जित्दै कीर्तिमान बनाएको थियो ।
जर्मनीमा भएको खेलमा स्पेनको जितमा फावियन रुइज र डानी ओल्मोले गोल गरे । घरेलु टोलीका नादिम आमिरीले सान्त्वाना गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको शुरुमै स्पेनले अग्रता लिन सफल भएको थियो । सातौं मिनेटमा फावियन रुइजले गोल गर्दै स्पेनलाई पहिलो हाफमा १–० को अग्रता दिलाएको थियो ।
६९औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाउदै जिततर्फ डो¥याएका थिए । खेल सकिन १ मिनेट बाँकी रहँदा घरेलु टोलीका लागि नादिम आमिरीले गोल गर्दै खेलमा फर्काउने संकेति दिएपनि खेलमा फर्कन निकै ढिला भइसकेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा स्पेन २–१ ले विजयी हुन सफल भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij