आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीलंकाले दियो वेस्ट इन्डिजलाई ३३९ रनको चुनौती, फर्नान्डोको शतक

  • प्रकाशित मिति : मङ्लबार, असार १७, २०७६



  • काठमाडौं, असार १६ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले श्रीलंका र वेस्ट इन्डिज भिडिरहेका छन् ।

    चेस्टरमा भइरहेको खेल जितका लागि वेस्ट इन्डिजले ३३९ रनको चुनौती पाएको छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३३८ रन बनायो ।

    श्रीलंकाका अभिष्का फर्नान्डोले १०३ बलमा सर्वाधिक १०४ रन जोडे । यस्तै, कुशल परेराले ५१ बलमा ६४ तथा लहिरु थिरिमानेले ३३ बलमा अविजित रहँदै ४५ रन जोडे ।

    वेस्ट इन्डिजका जासन होल्डरले सर्वाधिक दुई विकेट लिए ।

    खेल जित–हारले कुनै फरक नपार्ने भएकाले दुवै टिम प्रतिष्ठाका लागि खेलिरहेका छन् । ७ खेलबाट ६ अंक जोडेको श्रीलंका अंकतालिकाको सातौं स्थानमा छ ।

    यस्तै, ७ खेलमध्ये एकमामात्रै जित निकालेको वेस्ट इन्डिज ३ अंकका साथ अंकतालिकाको नवौं स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij