आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, बाढी आउन सक्ने भन्दै अलर्ट जारी

  • प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६



  • काठमाडौं। यति बेला देशको पश्चिम र मध्य भूभागमा वर्षा गराउने बादल प्रणाली सक्रिय भएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै पश्चिमी भू–भागलगायत मध्य र पूर्वका धेरै जसो स्थानहरुमा वर्षा गराउने बादल विकशित भैरहेको जानकारी दिएको छ । शाखाले देशका केहि स्थानमा वर्षा भइरहेकोसमेत बताएको छ ।

    पश्चिम नेपालमा भारी वर्षा हुने भएपछि त्यसक्षेत्रमा बाढी आउने भन्दै सचेत रहने जल तथा मौसम विभाग बाढी सूचना शाखाले अलर्ट जारी गरेको हो । शाखाले सूचना जारी गर्दै भनेको छ, ‘आज र भोली सुदुरपश्चिम प्रदेशको तराई तथा पहाडी क्षेत्रका नदीनालाहरु उल्लेख्य बढ्नेछन। कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटीलगायत जिल्लाहरुका स–साना खोलाहरुमा आकस्मिक बहाब समेत प्रबाह हुन सक्छ। नदी तटीय क्षेत्रमा सतर्कता अपनाऔं। पर्सी भने देशको मध्य क्षेत्रमा सतर्कता जरुरी छ।’

    यो वर्ष मनसुन ढिलो शुरु भएकाले खण्ड वृष्टी, अनावृष्टी र अतिवृष्टिको समेत सम्भावना रहेको छ । यो वर्ष वर्षात औसत हुने मौसम पूर्वानुमान शाखाले अनुमान गरेको छ ।

    शाखाका अनुसार शुक्रबार राति देशभर सामान्य बदलि भई केहि भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिम र मध्यका एक वा दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ।

    यस्तै शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदलि भई थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शनिवार राति देशभर सामान्य बदलि भई केहि भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    शाखाका अनुसार आइतवार दिउँसो देशभर सामान्य बदलि भई पश्चिम तथा मध्य भू–भागका केहि स्थानहरुमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ।

    राति देशभर सामान्य बदलि भई पश्चिमी भू–भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij