आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकप क्रिकेटमा रोहित शर्माले रचे इतिहास

  • प्रकाशित मिति : आइतवार, असार २२, २०७६



  • बीबीसी । इङ्ग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अब भारतको भेट न्यूजील्याण्ड अनि अस्ट्रेलियाको भेट इङ्ग्ल्याण्डसँग हुने निश्चित भएको छ।

    लिग खेलका अन्तिम दुई खेलका नतिजापछि भारत अङ्कतालिकामा सबभन्दा माथि रहेको छ भने अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्याण्ड तेस्रो र न्यूजील्याण्ड चौथोमा रहेका छन्।

    जुलाई ९ मा हुने पहिलो सेमिफाइनल भारत र न्यूजील्याण्डबीच हुनेछ। यस्तै जुलाई ११ मा अस्ट्रेलिया र इङ्ग्ल्याण्डबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। फाइनल खेल जुलाई १४ मा हुनेछ।

    भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्माले यस विश्वकपमा पाँचवटा शतक बनाएर नौलो कीर्तिमान रचेका छन्। उनले पछिल्लो शतक शनिवार श्रीलङ्काविरुद्धको खेलमा बनाएका हुन् जहाँ उनले १०३ रन बनाए।

    क्रिकेट जगतमा ‘हिटम्यान को उपनामले समेत चर्चित रोहित शर्माले पाकिस्तानको विरुद्ध १४० रन बनाएका थिए। बांग्लादेशविरुद्ध उनले १०४ रन, इङ्ग्ल्याण्डविरुद्ध १०२ तथा दक्षिण अफ्रिका विरुद्ध अविजित १२२ रन बनाएका थिए।

    शनिवार आफ्नो जीवनको १६औँ विश्वकप खेल खेल्दै ३२ वर्षीय रोहितले ९२ बलमै एक सय रन पूरा गरि भारतकै अर्का महान ब्याट्सम्यान सचिन तेन्दुलकर सरह नै विश्वकपमा ६ शतक बनाएका छन्।

    तेन्दुलकरले उक्त विश्व कीर्तिमान रच्न ४४ खेल खेलेका थिए। हाल जारी विश्वकपमा मात्र रोहितले ९ खेलमा ६४७ रन बनाइसकेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij