प्रकाशित मिति : सोमवार, असार २३, २०७६
काठमाडौं। कोपा अमेरिकाको तेस्रो स्थानको लागि भएको खेलमा विवादित रेडकार्डको घटनापछि लियोनेल मेस्सीले दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन (कोन्मेबोल)माथि ब्राजिललाई जिताउन खोजेको आरोप लगाएसँगै कोन्मेबोलले कडा प्रतिक्रिया जनाएको छ ।
कोन्मेबोलले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘फुटबलमा कहिले तपाइँ हार्नुहुन्छ कहिले जित्नुहुन्छ तर खेलको आधारस्तम्भ भनेको खेलभावना र इमान्दारी तथा सम्मानका साथ नतिजा स्वीकार गर्नु हो । रेफ्रीको निर्णयमा पनि त्यही कुरा लागू हुन्छ । रेफ्रीहरु पनि मानिस नै हुन् र धेरै कुरा सुधार गर्दै जान्छन् ।’
विज्ञप्तिमा अगाडि भनिएको छ ‘जुन प्रतियोगितामा जहाँ १२ टिमहरु समान परिस्थितिमा प्रतिस्पर्धा गर्छन् त्यहाँ केही निराधार आरोपहरु लगाइएका छन् जो पूरै असत्य छन् । यी आरोपले कोपा अमेरिकाको अखण्डतामाथि प्रश्न उठाउँछन् र यस्ता आरोपहरु अस्वीकार्य छन् । यस्ता आरोपहरुले प्रतियोगिताप्रति सम्मानको कमीको प्रतिनिधित्व गर्छन् ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij