प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६
काठमाडौं। सचिन तेन्दुलकरको विशाल विश्वरेकर्ड तोड्न नजिकै पुगेका दुवै ब्याट्सम्यान अन्तिम अवसरमा फेल भएपछि तन्दुलकरको रेकर्ड अझै तोडिएन । रेकर्ड तोड्न नजिकै पुगेका दुई ब्याट्सम्यान विश्वकपको सेमिफाइनलमा फ्लप भएपछि यो रेकर्ड तेन्दुलकरको नाममा कायमै रहेको छ ।
एउटा विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको रेकर्ड तेन्दुलकरको नाममा कायमै छ । उनले २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । जारी विश्वकपमा भारतमा रोहित शर्मा र अस्ट्रेलियाका डेभिड वार्नर उनको रेकर्ड तोड्न नजिकै पुगिसकेका थिए । शर्मा तेन्दुलकरको रेकर्ड तोड्न २७ रनको दूरीमा थिए र वार्नर ३६ रनको दूरीमा थिए ।
यी दुई ब्याट्सम्यानको जारी विश्वकपमा फर्म हेर्दा उनीहरुले यो रेकर्ड तोड्ने अपेक्षा गरिएको थियो किनकि उनीहरु दुवैले कम्तीमा सेमिफाइनलमा एक खेल खेल्न बाँकी थियो । रोहित शर्मा सेमिफाइनलमा १ रनमा आउट भए र उनको टिम बाहिरिएको अवस्थामा अब उनले यो रेकर्ड तोड्न सक्ने सम्भावना समाप्त भइसकेको छ ।
अस्ट्रेलियाका डेभिड वार्नर पनि सेमिफाइनलमा ९ रनमै आउट भएपछि उनले पनि यो रेकर्ड तोड्न सकेनन् । उनको टिम पनि इङ्ल्याण्डसँग हारेर बाहिरिएपछि तेन्दुलकरको रेकर्ड सुरक्षित छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij