आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकप क्रिकेट फाइनल आज

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • एजेन्सी । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज नयाँ उपाधि विजेताको टुङ्गो लाग्नेछ। गत मे ३० देखि सुरु भएको विश्वकपको फाइनल खेल आज हुदैँछ। जुन खेलमा क्रिकेटले आज नयाँ च्याम्पियन पाउँदैछ।

    विश्वकप किकेटको इतिहासमा २३ वर्षपछि नयाँ उपाधि विजेताको ट्ङ्गो लाग्ने भएको हो। पछिल्लो पटक सन १९९६मा श्रीलंकाले उपाधि जिते पछि सन २०१५ सम्म भारत र अस्ट्रेलियाले उपाधि जित्दै आइरहेका थिए। अहिले भने यी दुवै टोली सेमिफाइनलबाटै बाहिरिसकेका छन्।

    लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समयअनुसार दिउसो ३:१५ बजे सुरु हुने फाइनल खेलमा न्युजिल्याण्ड र इग्ल्याण्ड आमने सामने हुदैछन्। आज हुने खेलमा दुवै टोलीले जित निकाल्दै पहिलो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। सेमिफाइनल खेलमा न्युनिल्याण्डले भारतलाई पराजित गरेर फाइनल यात्रा तय गरेका थियो भने आयोजक इंग्ल्याण्डले अस्ट्रेलियालाई सहजै पराजित गरेको थियो।

     

    आज हुने खेलमा २७ वर्षपछि फाइनल खेल्न लागेको क्रिकेटको ‘जन्मथलो’ भनेर चिनिने आयोजक इंग्ल्याण्डले उपाधिलाई घरमै राख्न चाहन्छ भने सन २०१५ को उपविजेता न्युजिल्याण्ड पनि यसपटक उपाधि आफूसँगै लैजाने दाउमा हुनेछ। विश्वकपको १२ औ संस्करणमा आउँदा अहिलेसम्म तीनपटक फाइनल खेलेको छ भने न्युजिल्याण्ड सन २०१५ मा पहिलोपटक फाइनलमा पुगेको थियो। इंग्ल्याण्ड सन १९९२ यता पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो।

    क्रिकेटको ‘जन्मथलो’को रुपमा परिचित इग्ल्याण्डलाई यसपटक उपाधि जित्ने दबाब रहेको छ। इंग्ल्याण्डले अहिलेसम्म एकपटक पनि उपाधि जित्न सकेको छैन। यो पटक इंग्ल्याण्डलाई उपाधि जित्ने राम्रो अवसर रहेको छ। तर त्यति सहज भने हुनेछैन्। जारी विश्वकपको लिग चरणमा यी दुई टोलीबिच भएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डमाथि सहज जित निकालेको थियो। ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १८६ रनमै समेटिएको थियो। त्यसैले आज न्युजिल्याण्डले उक्त हारको बदला लिँदै उपाधि जित्ने दाउमा हुनेछ।

     

    विश्वकपमा यी दुई टोलीबिच हालसम्म ९ खेल भएको छ। जसमध्ये ५ खेलमा न्युजिल्याण्डले जितेको छ भने ४ खेलमा इंग्ल्याण्ड विजयी भएको छ। यसपटक न्युजिल्यान्ड र इङ्ल्यान्ड दुवैको प्रदर्शन उत्कृष्ट देखिएको छ । दुवै टोलीको ब्याटिङ र बलिङ लयमा छ। त्यसैले पनि आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। आज लण्डनमा पानी पर्ने सम्भावना निकै कम रहेको छ।

    सन् १९७५ देखि सुरु भएको विश्वकपको ११ वटा संस्करण सम्पन्न हुँदासम्म पाँचवटा राष्ट्रले मात्र उपाधि जित्न सकेका छन् । अस्ट्रेलियाले हालसम्म पाँचपटक विश्वकप जितेको छ भने वेस्ट इन्डिज र भारतले दुई/दुई पटक उपाधि चुमेका छन् । यसका अतिरिक्त पाकिस्तान र श्रीलंकाले एक/एक पटक उपाधि हात पारेका छन् । पहिलो विश्वकपदेखि नै सहभागी हुँदै आए पनि इङ्ल्यान्ड र न्युजिल्यान्डले भने हालसम्म उपाधि जित्न सकेका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij