आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गरेको नेपालले रच्यो नयाँ इतिहास

  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६



  • बीबीसी । ब्याट्सम्यानहरूको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मलेशियाविरुद्ध भएको अन्तर्राष्ट्रिय टी–२० शृङ्खला छ रनले जितेको छ।

    मलेशियाको किन्‌रारा मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले १७३ रनको लक्ष्य आयोजक टोलीलाई दिएको थियो। तर मलेशिया १६७ रनमै सीमित हुनपुग्यो।

    यो जितसँगै नेपालले मलेशियाविरुद्ध खेलिएका दुवै टी–२० खेल जित्दै पहिलो पटक शृङ्खला क्लीन स्वीप गर्ने इतिहास पनि रचेको छ। शनिवार भएको पहिलो खेलमा नेपाल सात विकेटले विजयी थियो।

    एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले पहिलो टी–०२० शृङ्खला यूएईविरुद्ध खेलेको थियो। सो शृङ्खला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको थियो। टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालको इनिङमा विनोद भण्डारी, शरद भेषावकर र कप्तान पारस खड्काको विस्फोटक ब्याटिङ गरे।

    सुरुवात कप्तान खड्काले गरेका थिए। अघिल्लो दिन ८६ रनको अविजित पारी खेलेका ओपनर खड्काले दुई छक्का र त्यतिवटै चौका प्रहार गर्दै २३ रन बनाए। उनी आउट भएपछि मध्यक्रमका भरपर्दा शरद भेषावकरले इनिङ सम्हाल्दै चार चौका र दुई छक्का प्रहार गर्दै ४० रन जोडे।

    इनिङको समाप्ती भने विनोद भण्डारीको ब्याटबाट भयो। निकै आक्रामक देखिएका भण्डारीले २५ बलमा अविजित ५१ रन जोडे। उनले तीन चौका र पाँच छक्का प्रहार गरेका थिए।

    इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले आफ्नो अर्धशतक पूरा गरेका हुन्। भण्डारी म्यान अफ द म्याच घोषित भए। उपकप्तान ज्ञानेन्द्र मल्ल (सात रन) र कप्तान पारस पाँचौ ओभरको दोस्रो र तेस्रो बलमा लगातार आउट भएका थिए।

    प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफले १०, र आउट हुँदा मध्यक्रमका रोहित पौडेलले १९ रन जोडेका थिए। करण केसीले १० बलमा १६ रन बनाए।मलेशियाका ब्याट्सम्यानहरू सुरुदेखि नै खुलेर खेलेका थिए।

    प्रारम्भिक ब्याट्सम्यान सैयद अजिज र विरेन्दिप सिंहले पहिलो विकेटको लागि ७५ रनको साझेदारी गर्दै खेलको सही सुरुवात गरेका थिए। यो जोडीको साझेदारीलाई १० औँ ओभरमा अविनाश बोहोराले तोडेका थिए। उनले २३ रन बनाएर खेलिरहेका सिंहलाई भण्डारीबाट आउट गराएका थिए।

    त्यसपछि अर्धशतक बनाएका अजिजलाई सोमपाल कामीले ललितनारायण राजवंशीबाट क्याच आउट गराए। त्यसपछि पनि मलेशियाका ब्याट्सम्यानहरूले आक्रामक खेललाई जारी राखे र निरन्तर रन बटुलिरहे।

    सत्रौँ ओभरमा अमिनुद्धिन राम्लीले कप्तान पारसको बलमा तीन छक्का प्रहार गर्दै टोलीलाई जिततिर डोर्‍याउने प्रयास गरेका थिए। पाँच खेलाडी आउट भइसकेको अवस्थामा अर्को छक्का प्रहार गर्ने क्रममा उनी सोही ओभरमा आउट हुन पुगेका थिए।

    नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिएका थिए। आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको थियो।

    वसन्त रेग्मी र प्रदीप ऐरीको स्थानमा तीव्र गतिका बलर अभिनास बोहोरा र अलराउन्डर पवन सरार्फलाई मौका दिइएको थियो। घाइते भएका युवा खेलाडी दीपेन्द्रसिंह ऐरी दुवै खेलमा टोलीमा परेनन्।

    अविरल वर्षाको कारण नेपालमा मृत्यु भएका व्यक्तिप्रति श्रद्धा व्यक्त गर्न उनीहरूले कालोपट्टी बाँधेर खेलेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij