प्रकाशित मिति : आइतवार, साउन ५, २०७६
एजेन्सी । म्यानचेष्टर युनाईटेडले ईन्टरनेश्नल च्याम्पियन्स कपमा जित हासिल गरेको छ । शनिबार सिंगापुरको नेश्नल स्टेडियममा भएको खेलमा युनाईटेडले ईन्टर मिलानलाई १–० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा विजयी गोल गरे । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले युनाईटेडका लागि सिजनको दोस्रो गोल गरेका हुन् ।
क्लब सम्हालेपछि पहिलो खेलमा उत्रिएका एन्टोनियो कोन्टेले पराजय भोगे । युनाईटेडका रोमेलु लुकाकु पछिल्लो समय ईन्टर जाने तयारी छ । सोही क्लबविरुद्व कोन्टेले हार ब्यहोरेका हुन् । चोटका कारण लुकाकु ईन्टरविरुद्वको खेलमा मैदानमा उत्रिएनन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij