आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकप क्रिकेटको फाइनलमा ‘ओभरथ्रो’ सम्बन्धी निर्णयमा आफूले गल्ती गरेको स्वीकारे धर्मसेनाले

  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६



  • कोलम्बो, साउन ५ । अन्तर्राष्ट्रिय क्रिकेटका अम्पायर कुमार धर्मसेनाले विश्वकप क्रिकेटको फाइनलमा आफूले ‘ओभरथ्रो’ सम्बन्धी निर्णयमा गल्ती गरेको स्वीकार गरेका छन् ।

    इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको फाइनल खेलमा धर्मसेनाले ‘ओभरथ्रो’ बापत इंग्ल्याण्डलाई अतिरिक्त चारसहित ६ रन दिएका थिए । त्यही रनका कारण निर्धारित ५० ओभरमा दुवै टिम बराबरीमा सीमित रहे ।

    ५०औं ओभरको चौथो बलमा न्यूजिल्याण्डका बलर ट्रेन्ट बोल्टले फालेको ‘फुलटस’ बललाई इंग्ल्याण्डका ब्याट्सम्यान बेन स्टोक्सले मिड विकेटतर्फ प्रहार गरेका थिए । एक रन तीव्रगतिमा बटुलेका उनले दोस्रो रनका लागि फर्कदैं गर्दा फिल्डर मार्टिन गुप्टिलले स्टम्पलाई निशाना बनाएर गरेको ‘थ्रो’ बेन स्टोक्सको ब्याटमा लागेर बाउन्ड्री पार पुगेको थियो । उक्त बलमा अम्यायर धर्मसेनाले ब्याट्सम्यानले लिएको २ रन र बाउन्ड्री पार बल पुगेका कारण अतिरिक्त ४ गरी जम्मा ६ रन दिएका थिए ।

    ओभरथ्रो बापत दिइएको ६ रनका बारेमा धेरैले असन्तुष्टि जनाइरहँदा अम्पायर धर्मसेनाले पनि आफ्नो उक्त निर्णय गलत रहेको स्वीकार गरेका हुन् । एक अखबारमा अन्तरवार्ता दिँदै धर्मसेनाले गल्ती स्वीकार गरेका हुन् । तर उक्त निर्णयका बारेमा आफूलाई कुनै पछुतो नरहेको उनले बताए ।

    उनले भने, ‘मलाई त्यसमा पछुतो छैन, किनकि अहिले धेरैले टिभी रिप्ले हेरेर आफ्नो धारणा बनाएका छन्, मैले त्यतिबेला त्यस्तो सुविधा पाएको अवस्था थिएन । मैदानमै रहेर मैले निर्णय दिनुपर्ने थियो ।’

    आफूले लेग अम्पायरसँग सल्लाह गरेर उक्त निर्णय दिएको जिकिर गर्दै त्यतिबेला जे ठिक लाग्यो, त्यही निर्णय दिएको उनले बताए । अहिले टिभी रिप्ले हेर्दा आफूबाट गल्ती भएको महसुस गरेको उनको भनाइ छ ।

    उनले नियमअनुसार त्यतिबेला ‘थर्ड अम्पायर’सँग सल्लाह लिनसमेत नमिल्ने अवस्था रहेको तर्क गरे । ‘त्यहाँ कोही रनआउट भएको अवस्था थिएन,’ उनले भने, त्यस्तो अवस्थामा हामीले थर्ड अम्पायरको सल्लाह लिन मिल्दैनथ्यो ।’

    अन्तर्राष्ट्रिय क्रिकेटका पूर्व अम्पायर तथा पूर्व खेलाडीहरुले समेत उक्त ओभरथ्रो बापत इंग्ल्याण्डले ५ रन मात्र पाउनुपर्नेमा अम्पायरले ६ रन दिएर न्यूजिल्याण्डमाथि अन्याय गरेको टिप्पणी गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij