आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नौ ओभरको खेलमा मलेसियाद्वारा नेपाललाई ८४ रनको लक्ष्

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको एसिया फाइनलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ। इण्डियन एसोसियसन ग्राउण्ड सिंगापुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो।

    मलेसियाका लागि सायद अजिजले आक्रामक ब्याटिङ गरेर ३० रन बनाए। उनले १५ बलमा ५ चोका र २ छक्का प्रहार गरेर आउट भए। यस्तै भिरन्दिप सिंहले २१ रन बनाए भने अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

    नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। यस्तै बसन्त रेग्मीले दुई तथा सन्दिप लामिछाने् र करन केसीले १–१ विकेट लिए। आज खेल नेपाललाई जित्नै पर्ने रहेको छ । आज पराजित भएमा नेपालको छनोट हुने सम्भावना लगभग समाप्त हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij