आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘सरकारले मुलुकलाई समृद्ध बनाउने गरी खेलकुद क्षेत्रको विकास गर्छ’

  • प्रकाशित मिति : बुधबार, साउन ८, २०७६



  • काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले मुलुकलाई समृद्ध बनाउने गरी खेलकुद क्षेत्रको विकास गर्न चाहेको बताएका छन्।

    मन्त्री विश्वकर्माले मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य सर्त भएको दावी गर्दै त्यसको विकासमा आवश्यक सहयोग गर्न पनि सम्वद्ध सबै पक्षलाई अपिल पनि गरे।

    उनले सरकारले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे। बुधबार काठमाडौंमा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए।

    कार्यक्रममा नेपालमा आयोजना भएको दक्षिण एशीयाली महिला फुटवल प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटवल टोलीलाई जनही ३२ हजार ५ सय नगदसहित सम्मान पनि गरिएको थियो। सम्मान हुने नेपाली टोलीका २० जना खेलाडी र एक प्रशिक्षक रहेका छन्।

    कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललगायतको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij