प्रकाशित मिति : बिहिबार, साउन ९, २०७६
एजेन्सी । आयरल्यान्डसँगको टेष्ट क्रिकेट खेलको पहिलो दिन सकिँदा घरेलु टोली इंग्ल्याण्ड १२२ रनले पछि परेको छ ।
लर्ड्समा जारी टेष्ट क्रिकेटको पहिलो पारीमा आयरल्यान्डले इंग्ल्याण्डलाई ८५ रनमै अलआउट गरेको थियो । उक्त खेल आयरल्यान्डको लागि इतिहासकै ठूलो उपलब्धि हो भने इंग्ल्यान्डको लागि बिर्सनलायक खेल हो।
टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले २३.४ ओभरमा सबै विकेट गुमाएर मात्र ८५ रन बनाएको थियो। इंग्ल्याण्डका लागि जोइ डेन्लीले २३, ओली स्टोनले १९ र साम करनले १८ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
इंग्ल्यान्डलाई ध्वस्त पार्न आयरल्यान्डका टिम मुर्टाघले पाँच विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै मात्र १३ रन दिएर पाँच विकेट लिएका हुन् । त्यस्तै, मार्क एडइरले तीन विकेट लिए ।
आफ्नो पहिलो पारीमा आयरल्यान्डले २०७ रनमा अलआउट भएपछि पहिलो पारीमै इंग्ल्यान्ड १२२ रनले पछि परेको हो।आयरल्यान्डका लागि एन्डी बलविरनीले ५५ रन बनाउँदै अर्धशतक पूरा गरे । पाउल स्टिर्लिङले ३६ रन बनाए । टेष्ट क्रिकेटको दोस्रो दिन आज इंग्ल्यान्डले आफ्नो दोस्रो पारी थाल्ने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij