प्रकाशित मिति : शनिबार, साउन ११, २०७६
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले एकपटक गरेको गल्तीको एक साता नबित्दै फेरि अर्को गल्ती गरेको छ । श्रीलंकाली बलर लासिथ मालिंगाले सन्यास लिएपछि उनको बारेमा ट्वीट गर्दा आइसीसीबाट यस्तो गल्ती भएको हो । मालिंगाले हिजो बंगलादेशविरुद्ध आफ्नो अन्तिम खेल खेलेका थिए । आज बिहान नेपाली समयअनुसार पौने ९ बजे आइसीसीले गरेको ट्वीटमा मालिंगाको तथ्यांक गलत उल्लेख गरिएको छ ।
मालिंगाले हिजो समेत गरी २२६ एकदिवसीय खेले । तर आइसीसीले उनले २२५ खेल खेलेको उल्लेख गरेको छ । मालिंगाले आफ्नो एकदिवसीय करिअरमा ३३८ विकेट लिए । तर आइसीसीले उनले ३३५ विकेट लिएको उल्लेख गरेको छ । मालिंगाले हिजो ३ विकेट लिएका थिए तर आइसीसीले हिजोको खेल आफ्नो तथ्यांकमा समावेश नै गरेको छैन ।
225 ODIs
335 wickets
8 five-fors
1 incredible bowling action
What an ODI career ? pic.twitter.com/Akr2gJrPqh
— ICC (@ICC) July 27, 2019
आइसीसीलाई यो गल्तीको लागि लगातार ट्रोल गरिएको छ । यो समाचार लेख्दासम्म (शनिबार बिहान नेपाली समय साढे ११ बजे) आइसीसीले आफूबाट गल्ती भएको थाहा पाएको छैन र गल्ती यथावत छ । २२ जुलाइमा पनि आइसीसीले गल्ती गरेको थियो । उसले ट्वीटरमा दिग्गज मुथैया मुरलीधरणको ठाउँमा अर्का श्रीलंकन बलर रंगना हेराथको फोटो पोस्ट गरेको थियो । पछि गल्ती थाहा पाएपछि पोस्ट हटाएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij