शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

स्वर्गद्वारी आश्रम प्युठानको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम( भिडियो सहित)

  • प्रकाशित मिति : बिहिबार, साउन १६, २०७६



  • निलम ओली,काठमाडौ १६ साउन ।

    श्रीस्वर्गद्वारी आश्रम प्युठानले आज एक पत्रकार भेटघाटको आयोजना गरेको छ । काठमाण्डौँको रिपोर्टस् क्लबमा आयोजनामा गरिएको उक्त कार्यक्रममा श्रीस्वर्गद्वारी आश्रमका सचिव डा. ध्रुवश्रीले बोल्नुभएको थियो।

    विश्वकल्याणको पवित्र उद्देश्य राखेर १९५२ सालमा श्री स्वर्गद्वारी महाप्रभुले स्थापना गर्नुभएको स्वर्गद्वारी अाश्रमको जग्गा र सम्पत्तिमा गिद्धे नजर लाउँने प्रवृत्ति बढेकाले स्वर्गद्वारी अाश्रम शङ्कटमा पर्दै गएको डा.ध्रुवश्रीको भनाई छ ।

    उहाँले भन्नुभयो- `वि.सं. १९५२ सालमा महाप्रभुले स्थापना गर्नुभएको अखण्ड महायज्ञको सुसञ्चालनका निम्ति महाप्रभुले अाफ्नो झोलीको पैसाले किन्नुभएको जग्गा अाज अाएर भूमाफियाको गिद्धे नजरमा परेको हुनाले विभिन्न बहानामा अाश्रमको जग्गा हडप्ने कार्य बढीरहेकोछ, जसले अाश्रम सञ्चालनमा कठिनाई भइरहेकोछ´। ११ सय बिघाह जग्गाको धनी अाश्रमका महन्तहरूले अाश्रम चलाउँनका निम्ति देश विदेशसम्म भिक्षा माग्न जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो १९८३ देखि १९९३ सम्मको विभिन्न कालखण्डमा महाप्रभुले आफ्नो भिक्षा मागेको झोलीबाट पैसा दिएर दाङ् देउखुरीका विभिन्न मौजाहरूमा जग्गा किन्नुभएको थियो । यसको सम्पूर्ण प्रमाण (राजीनामा पत्र) अहिले पनि अाश्रममा सुरक्षित छ ।

     

    अहिलेसम्म त त्यहाँको अबस्था त्यति दुर्गम छ भने अखण्ड ध्वनि शुरुवात गर्ने बेलामा कस्तो बिकट थियोे होला ? तत्कालीन समयमा त्यो विकट शिखरमा महाप्रभुले पाठशाला,गौशाला र यज्ञशालासंगै, धर्मशालासमेत स्थापना गर्नुभएको थियो ।

     

    अाज अाएर यसको धार्मिक आध्यात्मिक महत्त्व के हो? भन्ने कुरा बुझ्न नसक्दा आश्रम यो अबस्थामा पुगेको हो । अाश्रमको नाममा ११०० बिगाहा जग्गा दाङका विभिन्न स्थानमा भएपनी लगभग १०० बिगाह जमीन मात्रै आश्रम मातहतमा रहेको र अरु सबै कतिपय किसान र कतिपय भूमाफियाको कब्जामा रहेको छ । प्युठानमा २६ हजार रोपनी मठ मन्दिर सहित जंगल क्षेत्रमा जमीन छ ।

     

    १५० रोपनी टारा र बाह्रबिसे भन्ने स्थानमा रहेको खेतबारीमा आश्रमले आफै खेतीपाती गर्ने गर्छ । अहिले स्वर्गद्वारीमा जुन् प्रकारको यज्ञ चलीरहेको छ यस्तो यज्ञ नेपाल, भारत लगायत संसारमा नै कहीपनी नभएको बताईएको छ । अहिले पनि २४ ब्राह्मणहरुले बिहान बेलुकी अहोरात्र हवन गर्छन् । आश्रममा नेपाली गोवंश परम्पराका ५०० गाई संरक्षित छन् ।

     

    अाश्रममा ३०० कर्मचारी छन् । आश्रमको आउने ठाउँ सबै विभिन्न बहानामा कब्जा छ आउँदैन बार्षिक ६ करोडभन्दा बढी खर्च आउँछ । अाश्रमले सबै गरेर १५ लाख देखि २० लाख आम्दानी जग्गाबाट प्राप्त गर्दछ । आश्रम बास्तबिक मोहिलाई सधै न्याय दिने पक्षमा रहेको डा. श्रीले बताउनुभयो । हाल सबै भारतबाट आउने यात्री ले चढाउने गरेको चढौतीबाट खर्च धानिएको छ ।

     

    विभिन्न भूमाफीयाहरुले र राजनैतिककर्मिहरुले गर्दा हाम्रो जमीनको आउने आयस्ता रोकिएको डां श्रीले बताउनुभयो। राज्य व्यवस्था चलाउँनेहरूले आश्रमको वास्तविकता न‌ै नबुझी भुमाफियाको पछि लागेर हिड्ने गरेकोले आश्रमको अवस्था दयनीय भएको उनको भनाई छ । र अन्त्यमा उनले बास्तबिकता नबुझी बोल्नेहरुलाई चुनौती दिँदै अाश्रमको वास्तविकता जस्ताको तस्तै बाहिर ल्याईदिनुहुन सबै सञ्चारकर्मीहरुलाई अनुरोध समेत गर्नुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology